site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन हाइड्रो एक्स्पो : ७४ स्टल, सात सेसनमा छलफल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आजबाट सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको एक्स्पोमा ७४ वटा स्टल रहेको थियो । 

पहिलो दिन विद्युतीय सवारी साधनको र्‍याली निकालिएको थियो । जसमा ३०० भन्दा बढी विद्युतीय सवारीसाधन सहभागी थिए । उक्त एक्स्पोमा हाइड्रोमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । साथै हाइड्रोसम्बन्धी जानकारी दिन दर्जनबढी देशबाट सहभागिता रहेको एक्स्पो व्यवस्थापक इभिन्ट सोलुसनका प्रबन्धक विजयरागर प्रधानले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, एक्स्पोमा काठमाडौं युनिर्भसिटीलगायत विभिन्न कलेजले बनाएको टेक्नोलोजी पनि डिस्प्ले गरिएको थियो । जसमा व्यवसायी विद्यार्थीदेखि सर्वसाधारणहरूले समेत यसको प्रत्यक्ष लाभ लिएको प्रधानको भनाइ छ । 

यस्तै, एक्स्पोमा सातवटा सेसनमा विभिन्न विषयमा छलफल भएको थियो । जसमा हाइड्रोको टेक्नोलोजी, यस क्षेत्रमा देखिएको फाइनान्सिङ समस्या, इन्स्सोरेन्स, ग्रीन हाइड्रोजन जस्ता विषयमा छलफल भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय