site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदूषणले भिजिविलिटी कम हुँदा पोखराको उडान–अवतरण ठप्प
Tiktok banner adTiktok banner ad

काठमाडौं । भिजिविलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण ठप्प बनेको छ । भिजिविलिटी कम भएका कारण बुद्ध एयर र यति एयरलायन्सको उडान ठप्प भएको हो । यद्यपि, पोखराबाट यति एयरलायन्सको एउटा उडान भने भएको थियो । 

यति एयरलायन्सको पोखरामा रात्रिकालिन पार्किङ गरेको एउटा विमानले उडान भरेको थियो । तर, त्यसबाहेक पोखरामा अरु उडान–अवतरण हुन नसकेको यति एयरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । 

शुक्रबार यति एयरलायन्सको काठमाडौं–पोखरा १० फ्लाइट थियो । त्यसमध्ये ६ फ्लाइटका यात्रुले टिकट नै रद्द गरेको बर्तौलाले जानकारी दिए । यद्यपि, अहिलेसम्म कुनै पनि उडान भने आधिकारिक रूपमा रद्द नगरेको बर्तौलालले जानकारी दिए । 

बुद्ध एयरको काठमाडौं–पोखराको शुक्रबारको अधिकांश उडान रद्द गरिएको प्रवक्ता दिपेन्द्र कर्णले बताए । साथै बुद्ध एयरको अन्तरप्रदशीय पोखराबाट हुने नेपालगन्ज, भरतपुर र भैरहवा उडान पनि रद्द गरिएको प्रवक्ता कर्णले बताए ।


जहाज उडानको लागि एक हजार ६०० भिजिविलिटी चाहिन्छ भने अवतरणको लागि एक हजार भिजिविलिटी चाहिन्छ । तर, शुक्रबार बिहान दुई हजार ५०० रहेको पोखराको भिजिविलिटी अपरान्ह ४ बजेसम्म दुई हजारमा झरेको पोखरा विमानस्थल स्रोतले जानकारी दिएको छ  ।

“पोखरामा अहिले भिजिविलिटी निकै कम छ । यसको मुख्य कारण प्रदूषण नै हो । डढेलो धेरै ठाउँमा लागेको र त्यसको धुवाँ पोखराको आकाशमा जम्मा भएकाले प्रदूषण बढ्दा भिजिविलिटी कम भएको हो”, मौसमविद् प्रतिभा मानन्धर बाह्रखरीसँग भन्छिन्, “पोखरा उपत्यका भएकाले जम्मा गएको धुवाँ तथा प्रदूषण बाहिर नगएकाले भिजिविलिटी कम भएको हो । पोखरामात्र होइन सबै उपत्यकामा अहिले करिब–करिब उस्तै अवस्था छ ।” 

धेरै भिजिविलिटीमा मात्र उडान गर्ने विमानले प्रदूषण हुँदा उडान तथा अवतरण गर्न नसक्ने उनको भनाइ छ । काठमाडौंमा पनि शुक्रबार अपराह्न पाँच हजारभन्दा कम भिजिविलिटी रहेको मौसमविद् मानन्धर बताउँछिन् । पानी नपरेको र तीव्र गतिमा हावाको बेग नहुँदा उपत्यकामा जम्मा भएको प्रदूषण नहटेको उनको भनाइ छ । “उपत्यकाहरूमा प्रदूषण पकेट–पकेटमा जम्मा हुन्छ । यो हट्न ठूलो पानी पर्नुपर्छ अथवा हावा चल्नुपर्छ,” उनी भन्छिन्, “तर यो दुवै नहुँदा प्रदूषण बढ्दै गइरहेको छ ।”‍
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro