site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
स्वास्थ्यका लागि किन जोखिमयुक्त हुन सक्छ प्रविधि ?
Sarbottam CementSarbottam Cement

बीबीसी । अहिलेको सबैभन्दा नयाँ प्रविधि फाइभ–जी नेटवर्कले रेडियो वेभमार्फत् काम गर्छ । रेडियो वेभ भनेको इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रमको हिस्सा हो जुन दुईवटा एन्टिना र हाम्रो फोनबीच संचारित हुने गर्दछ । यसरी हामी हरेक क्षण टिभी, मोबाइल, रेडियो सिग्नल लगायत अनगिन्ती प्राविधिक उपकरणबाट निस्किने इलेक्ट्रो म्याग्नेटिक विकिरणहरु घेरिएका हुन्छौँ । यसका साथै हामीले दैनिक सूर्यबाट आउने प्राकृतिक विकिरणहरुको पनि सामना गरिरहेका हुन्छौँ । 

विशेषगरी फाइभ–जी ले प्रयोग गर्ने विकिरण पछिल्ला मोबाइल नेटवर्कको तुलनामा उच्च फ्रिक्वेन्सी अर्थात तिव्र गतिको र बलियो हुने गर्दछ जसले नै अनगिन्ती डिभाइसहरुलाई एकसाथ तिव्र इन्टरनेटको पहुँच दिलाउँछ । ती वेभहरु शहरी भूभागमा छोटो दुरीसम्म मात्र यात्रा गर्छन् जसकारण फाइभ–जी नेटवर्कलाई पहिलेका प्रविधि भन्दा धेरै ट्रान्समिटरको आवश्यक पर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा पछिल्लो समय धेरैले मोबाइल टेक्नोलोजीले स्वास्थ्यमा खतरा उत्पन्न गराउने सम्बन्धी चिन्ता व्यक्त गरिरहेको पाइएको छ र कतिपय अध्ययनले त त्यसले क्यान्सर विकास गर्ने दाबी समेत गरेका छन् । २०१४ मा मात्र विश्व स्वास्थ्य संगठनले मोबाइल फोन प्रयोगका कारणले स्वास्थ्य सम्बन्धी कुनै गम्भीर समस्या नगर्ने भनि आधिकारिक ठहर गरेको थियो । तर अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले नै इन्टरनेस्नल एजेन्सी फर रिसर्च अन क्यान्सरसँगको सहकार्यपछि भने सबै प्रकारका रेडियो फ्रिक्वेन्सी विकिरणहरु अर्थात मोबाइल सिग्नल सम्भावित रुपमा क्यान्सर उत्पादक हुन सक्ने बताएको हो । यसको जोखिम स्तर मसालेदार सब्जी खानु र ट्याल्कम पाउडरको प्रयोग गर्दा सरह हुने गरेको बताइएको छ । 

२०१८ मा अमेरिकी स्वास्थ्य विभागले प्रकाशित गरेको एक अध्ययनमा पनि केटा मुसा उच्च डोजको फ्रिक्वेन्सी सामु बढी आइरहँदा त्यसको मुटुमा क्यान्सरजन्य ट्युमर विकसित भएको पत्ता लागेको थियो । तर यसमा केटी मुसाहरुमा भने कुनै असर देखा परेको थिएन । यस्तोमा मानिसहरुले मोबाइल फोन मार्फत अझ प्रत्यक्ष रुपमा विकिरणहरुको सामना गरिरहने हुँदा चिन्ता व्यक्त गरिएको हो जसको वैज्ञानिक प्रमाण भने फेला पार्न सकिएको छैन । यसैकारण वैज्ञानिक र चिकित्सकहरुको एउटा समूहले युरोेपेली संघलाई चिठी लेख्दै फाइभ–जी नेटवर्क रद्द गर्न समेत आग्रह गरिरहेको खबर गरिएको छ । 

Global Ime bank

तर यसबारेमा फिजिसिस्ट एवम् क्यान्सरका अनुसन्धानकर्ता डेभिड रोबर्ट ग्रिम्स भन्छन्, ‘वास्तवमा मोबाइल फोन नेटवर्कमा प्रयोग हुने रेडियो वेभ ‘नन आयोनाइजिङ’ हुन्छन् । अर्थात त्यससँग हाम्रो डिएनएमा क्षति पुर्याएर सेललाई नष्ट गर्न पर्याप्त ऊर्जा शक्ति हुँदैन । ’ तर अर्कोतर्फ त्यो भन्दा माथिल्लो स्तरको इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सीले भने स्पष्ट रुपमा स्वास्थ्यका लागि अधिका हानिकारक मानिएको छ । त्यस्तै सूर्यको अल्ट्रा भाइलेट विकिरण पनि जोखिमदायक मै पर्दछ जसले छालाको क्यान्सर गराउन सक्छ । 

त्यसैले पनि मानव शरीरले उच्च ऊर्जाको विकीरण स्तर जस्तै एक्स–रे वा गामा–रे सँग सिमित सम्र्पकमा मात्र आउनुपर्ने विज्ञहरु बताउँछन् र मोबाइलको अत्याधिक प्रयोग नगर्नमा पनि जोड दिनुपर्ने बताइएको छ । त्यसैगरी फाइभ–जी स्पेक्ट्रमले प्रयोग गर्ने फ्रिक्वेन्सी ब्यान्डले कुनैपनि वस्तुमार्फत जाँदा त्यसमा तातो उत्पन्न गराउन सक्छ । तर त्यो हानिकारक नभएको प्रोफेसर रोड्ने क्रोफ्ट बताउँछन् जो इन्टरनेस्नल कमिसन अन नन–आयोनाइजिङ रेडिएसन प्रोटेक्सनका सल्लाहकार हुन् । यसका साथै फाइभजी सिग्नलका लागि प्रयोग गरिने फ्रिक्वेन्सी रेन्ज हानिकारक ठहर गरिएका विकिरण भन्दा कम शक्तिशाली र नन आयोनाइजिङ हुने दाबी गरिएको छ । यसरी हालसम्म मोबाइल सिग्नलका विकिरणले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष नोक्सान पुर्याएका बारे पर्याप्त प्रमाण नभएकाले नै यो विषय अझै विवादित मानिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC