site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कवि राजेश ढुंगानाको ‘मैले खोजेको देश’ लोकार्पित 

काठमाडौं । कवि राजेश ढुंगानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’ एक समारोहकाबीच लोकार्पण भएको छ । 

शुक्रबार सर्वनाम नाट्य घरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले कविताकृति लोकार्पण गरे । कृति सार्वजनिक गर्दै शर्माले आफूले कवि ढुंगानाको कविता ४० वर्षअघि नै छापेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शर्माले भने, "राजेश उबेला कसैसँग नदब्ने मानिस हुन् । आज राजेश गम्भीर, सौम्य र पाको कवि भएका छन् ।"

नाट्यकर्मी अशेष मल्लले कवि ढुंगानाको कविता झन् खारिँदै गएको बताए । मल्लले भने, "राजेशमा ‘कविता छ र त म छु’ भन्ने भाव देख्छु म ।"

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले राजेश नेपाली कवितामा कलात्मक विद्रोह गर्ने सर्जक भएको बताए ।

कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल र ज्ञानु अधिकारीले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे भने कवि ढुंगाना र मिना ढुंगानाले पनि बोले ।

कार्यक्रममा विमोचित कृतिभित्रबाट कविहरू राजेन्द्र शलभ, रञ्जना निरौला र श्रीबाबु कार्कीले एक एक कविता वाचन गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २२:५५
प्रतिक्रिया दिनुहोस्