site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजपाले दियो चौथो मधेस आन्दोलनको चेतावनी
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएका हुन् । सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनले लगाए । 

उनले भने, “सरकार कुन बेला बोल्ने ? रोष्ट्रम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाइराखेको रहेछ । संख्यागत रुपमा हामी जति भएपनि रोष्ट्रम घेर्नका लागि हामी डराएको होइन । संस्कृति नबसोस् । संसद सुचारु रहोस् । सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन गरेको हो । सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्ट्रम घेराउ गर्दछौं ।”

उनले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरि तरबार चलाउने काम गरेको आरोप लगाए । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए । उनले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’ भनी प्रश्न गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu