site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
न्युयोर्कमा प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण भेटघाट सुरु

न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् ।

शनिबारै दिउँसो स्थानीय समयानुसार ५ः१५ बजे संयुक्त राष्ट्रसंघ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ ।

यस्तै, स्थानीय समयानुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजना गरिने संसदीय मञ्चको कार्यक्रममा सहभागी भई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसअघि, राष्ट्रसंघका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नेछिन् ।

शनिबारै साँझ राष्ट्रसंघका निम्ति नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ ।

क्यानाडामा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबारै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसंघका निम्ति स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत अधिकारीले राष्ट्रसंघका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयानुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क आइपुगेका हुन् । उनी बसेको होटेल ग्रान्ड हायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्यूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायत व्यक्तिले भेट गरेका थिए । रासस

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro