site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शशांकको प्रश्न– जहिल्यै मन्त्री बुढाहरू बन्छन्, युवालाई प्रोत्साहन किन गर्दैनौँ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्वमा युवालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका युवा अघि बढेका भन्दै उनले उनीहरूलाई नेतृत्वमा ल्याउन पार्टीले प्रोत्साहित गर्नुपर्ने बताए ।

शनिबार धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले युवाको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । शेरबहादुर देउवा सदाबहार पार्टी सभापति नहुने भएकाले पनि युवालाई ल्याउनुपर्ने उनको भनाइ थियो ।

बीपीले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको जिम्मेवारी दिएको उनले उल्लेख गरे । त्यसबाट सिकेर वर्तमान नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने उनले बताए । उनले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले कांग्रेस बलियो भएर पनि बहुमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेता शशांक कोइरालाको भनाइ पढ्नोस्–
६० प्रतिशत मानिसहरू ४० वर्षमुनिका छन्, तर नेताहरूले कहिल्यै पनि तिनीहरूलाई सम्बोधन गरेनन् । सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरेँ । हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौँ । जहिले पनि मन्त्रीहरू बुढैहरू बन्छन्, युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौँ हामी ? भोलिको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो । शेरबहादुरजी सदाबहार यहाँ पार्टी सभापति हुनु हुन्न । अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुपर्‍यो । उनीहरूलाई अगाडि बढाउनुपर्‍यो । हामी त छौँ, तर कति दिन छौँ ? आज छौँ, भोलि हुँदैनौँ । त्यसैले अलि पर हामीले सोच्नुपर्‍यो । आफ्नो सन्ततिलाई दिनुपर्‍यो । बीपी कोइरालाले हेर्नुस्, उहाँले के सबै आफ्नो लागि मात्रै गर्नुभयो ? उहाँले सभापति हुँदाहुँदै राजीनामा दिएर किसुनजीलाई सभापति बनाउनुभयो, किनभने उहाँको स्वास्थ्य ठिक थिएन । बीपीको कुरा छोडौँ, उहाँका एकएक किस्सा छन्, तपाईंहरूलाई भन्ने मेरो समय छैन । तर, हामीले बीपी कोइरालालाई पुजेर मात्रै हँुदैन, उहाँको आदर्श बुझौँ । उहाँको पदचिह्नमा हिँडौँ । नेपाली कांग्रेस यत्रो बलियो शक्ति छ, मलाई छक्क लाग्छ, हाम्रो बहुमत हुँदैन । यत्रो शक्तिशाली पार्टी, यत्रो राम्रो उद्देश्य, यत्रो संघर्षपूर्ण जीवन, ७० वर्ष संघर्ष गरेर बल्ल त हामीले संविधान दियौँ । सुशील कोइरालाले संविधान बनाउनुभयो । तर, यो निरन्तर लागिराखेका छौँ । तैपनि, हामीले जहिले पनि अल्पमतमा हुने अथवा गठबन्धनको सरकार हुने । हामीले आफ्नो खुट्टामा उभिएर अरूलाई ठेगान लगाउनुपर्छ, त्यो दृष्टि राख्नुपर्‍यो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro