site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछाने पक्षधरले गलत कार्यको प्रतिरक्षा गर्नु राम्रो होइन : प्रधान
SkywellSkywell

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गरिनुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गरिनुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही सिफारिस गरिएकाले सोहीअनुसार कार्यान्वयन हुनुपर्ने बताए । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले धेरै कुरा प्रस्ट पारिसकेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

अब सभापति लामिछाने र उनी पक्षधरले गलत कुराको वकालत गर्न जरुरी नरहेको प्रधानको भनाइ छ । “लामिछानेका बारेमा प्रतिवेदनले स्पष्ट रूपमा कारबाही सिफारिस गरेको छ । अब पनि गलत कार्यको प्रतिरक्षा गर्नु राम्रो होइन । हाम्रो पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गर्नुपर्ने समितिको सिफारिस छ । त्यसैले उहाँले अनुसन्धानमा सहयोगका लागि तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट अलग रहनुपर्छ,” उनले भने ।

साक्षात्कारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले प्रतिवेदनले प्रस्ट पारिसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गरे । उनले भने, “सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ, कतिपयले त्यसमा नभएका कुरालाई पनि अतिरञ्जित गर्न थालेका छन् । यसमा सचेत हुनुपर्नेछ ।” 

नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेको संलग्नताबारे अझै पुष्टि नभइसकेको जिकिर गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu