site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एकल बिन्दु सेवा केन्द्रबाट ७७ अर्बको उद्योग दर्ता, ७५ अर्ब ऊर्जामा मात्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग विभागले सुरु गरेको एकल बिन्दु सेवा केन्द्रबाट सेवा लिने संख्या उल्लेख्य रहेको पाइएको छ । सेवा सुरु भएको तीनसातामा ३५ उद्योगले सेवा लिएका छन् ।

केन्द्रका अनुसार जेठ १ गतेबाट सुरु भएको केन्द्रमा ७७ अर्ब १६ करोड १५ लाख ४२ हजार १२६ रुपैयाँ पुँजी बराबरका ३५ उद्योग दर्ता भएका छन् । 

केन्द्रका अनुसार ३५ उद्योगमध्ये राष्ट्रिय लगानीमा २० र अन्तरराष्ट्रिय लगानीमा १५ उद्योग दर्ता भएका हुन् । ३५ उद्योगले १ हजार ४७४ जनालाई प्रत्यक्ष रोजगारी दिने क्षमता राख्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रका निर्देशक विष्णु ज्ञवालीले एकल बिन्दु सेवा केन्द्रको सुरुआत भएसँगै सेवाग्राही लाभान्वित भएको बताए । उनका अनुसार यसबीचमा ऊर्जा क्षेत्रका लागि दर्ता भएको उद्योगको संख्या सबैभन्दा बढी छ । बाह्रखरीसँग कुरा गर्दै ज्ञवालीलले अन्य क्षेत्रमाभन्दा ऊर्जा शीर्ष स्थानमा रहेको बताए ।

केन्द्रमा जेठको पहिलो तीनसातामा ७७ अर्ब १७ करोड ५ लाख ४२ हजार १२६ रुपैयाँ पुँजीबराबरका ३५ उद्योग मध्य ऊर्जा क्षेत्रमा मात्र ७५ अर्ब १६ करोड ४१ लाख ६७ हजार रुपैयाँ पुँजी बराबरको १३ उद्योग दर्ता भएका छन् । जुन विषयगत ६ क्षेत्र मध्येको सबैभन्दा धेरै लगानी भएको उद्योग हो । यी उद्योगले ६७४ जनालाई रोजगारी दिने क्षमता राख्दछन् ।

Global Ime bank

सेवामुलक क्षेत्रमा १३ करोड ५७ लाख ९१ हजार २८६ रुपैयाँ पुँजी बराबरका ३ उद्योग दर्ता भएका छन् । यी उद्योगले ६६ जनालाई रोजगारी दिने क्षमता राख्दछन् ।

केन्द्रका अनुसार पर्यटन क्षेत्रमा ८८ करोड ७५ लाख ८८ हजार ९ सय रुपैयाँ पुँजी बराबरका ७ उद्योग दर्ता भएका छन् भने कृषि क्षेत्रमा १ करोड ५२ लाख पुँजीका ३ उद्योग, सूचना तथा प्रविधि क्षेत्रमा ३ करोड ५० लाख पुँजीका ३ उद्योग र उत्पादनमुलक क्षेत्रमा ९२ करोड ३७ लाख ९४ हजार ९४० रुपैयाँ पुँजी बराबरका ६ उद्योग केन्द्रमा दर्ता भएका हुन् ।

उद्योग विभागले यही जेठ १ गते केन्द्रको सुरुआत गरेको थियो । एकल विन्दु सेवा केन्द्रको सुरुआत भएसँगैं लगानीकर्ताले सहज रुपमा सेवा प्राप्त गर्न सहज भएको निर्देशक ज्ञवालीले बताए । केन्द्र सुरु भएसँगै लगानीकर्ताले फाइल बोकेर विभिन्न निकाय चाहार्नुपर्ने बाध्यताको अन्त्य भएको छ । उद्योग व्यवसायीलाई आवश्यक पर्ने सबै प्रकारको सहजीकरण केन्द्रमा उपलब्ध छ ।

केन्द्रमा उद्योग दर्ता, भन्सार तथा राजस्व, वातावरण, प्रशासन तथा कानुन,  पूर्वाधार (ऊर्जा तथा सञ्चारसमेत) जग्गा सहजीकरण,  विदेशी विनिमय सहजीकरण,  भिसा सहजीकरण, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगाएत  नौ इकाई रहेका छन् जसमा १२ विभिन्न सरकारी निकायको प्रतिनिधित्व रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC