site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य तोलामा १४ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार तेजाबी सुन तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ । 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro