site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडाैं ।  सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले  पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५% (कर सहित) नगद लाभाँस बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने,  बिमल कुमार सावरथिया,  टिकाराम न्यौपाने,  तेन्जीङ लाग्देन तामाङ,  उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्, स्वतन्त्र संचालकमा एक (१) जना नेहा अग्रवालज्यूलाई मनोनीत गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सी. ले कम्पनीका सबै संचालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा शेयरधनीहरुप्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । 

उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हाल सम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय