site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पानी संरक्षण गर्न महानगरले ल्यायो ‘रिचार्ज काठमाडौं’

काठमाडौं । पानीको अभाव नहोस् भनेर इनार, कुवा वा बोरिङ्ग खन्छौं, तर जमिनमुनि नै पानीको अभाव भए के होला ? कहिल्यै सोच्दैनौं । त्यसैले त जमिनमा पानीको सतह भेट्नै मुस्किल पर्न थालेको छ । जमिन मुिनको पानीका स्रोत सुकेर समस्या भएको हामीले देखे सुनेकै पनि छौं, तर जमिनमुनि पानी कसरी संरक्षण गर्ने भन्ने कुरालाई ध्यान दिँदैनौं ।

झन् सहरी क्षेत्रमा जमिनको धेरै सतहमा ढलान गरिने भएकाले पानीको स्रोत भट्नै मुस्किल छ ।

काठमाडौं महानगरपालिकाले जमिन मुनिको सतहमा पानीको अभाव भएको भन्दै जमिनलाई ओसिलो बनाउन र पानीको अभाव नहोस् भनेर रिचार्ज काठमाडौं योजना अघि सारेको छ । काठमाडौं महानगरपालिका सहरी योजना आयोग अन्तर्गत महानगरले रिचार्ज काठमाडौंको योजना अघि सारेको हो ।

आयोगले दिएको जानकारीअनुसार महानगरले रिचार्ज काठमाडौं योजनामार्फत आकाशे पानीलाई जमिनमै पुनः भरण गर्ने प्रक्रियालाई रिचार्ज काठमाडौंको नाममा अघि सारेको हो ।

यसैबीच बाह्रखरीसँग कुरा गर्दै काठमाडौं सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले आकासबाट परेको पानीलाई खोलामा जान नदिई जमिनमै सोस्न दिने योजना अन्तर्गत महानगरले रिचार्ज काठमाडौंको योजना ल्याएको बताए । 

“हामी इनार तथा बोरिङग गरेर जमिनको पानी निकाल्छौं तर पुनः पानी हाल्ने किसिमको काम भएको छैन । त्यस कारण आकासबाट परेको  पानीलाई खेर जान नदिइ जमिनभित्र छिराउँने प्रकृया नै रिचार्ज काठमाडौंको योजना हो,” उनले भने ।

काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा जमिनको धेरै भागमा ढलान गरिने भएकाले आकासबाट परेको पानी जमिनले सोस्न पाउने अवस्था छैन । जसले गर्दा जमिनमा सुख्खापन बढेको छ । जमिनमा सुख्खापन तथा पानीको अभाव नहोस् भनेर रिचार्ज काठमाडौंको योजना अघि सारेको उनले पस्ट पारे । आकाशे पानी संकलनलाइ बढवा दिन पनी योजनाले सहयोग पुग्ने उनको भनाइ थियो । 
 

कसरी हुन्छ रिचार्ज  

काठमाडौं महानगरपालीकाले अघि सारेको रिचार्ज काठमाडौं  योजनामा आकाशबाट परेको पानीलाई  ठाउँ अनुसार २५ फिट सम्म खनेर इनार बनाइन्छ । जहाँ तहगत रूपमा सबैभन्दा माथि जाली, बालुवा, गिटी र  ढुंगाा राखिन्छ । जसले पानी फिल्टरको काम पनि गर्छ । त्यसपछि पानीलाई जमिनमा फैलिन दिइन्छ ।

रिचार्जका लागि खनिएको इनारबाट पानी निकाल्न मिल्दैन तर इनार खनिएको वरिपरि पानीको स्रोत भेटिन्छ । रञ्जितका अनुसार यस प्रकृयाबाट शतप्रतिशत पानी जमिनमा फैलिन्छ । जसका लागि बलौटे माटो भएको जमिनको आवश्यकता पर्छ । 

त्यस्तैगरी, आकासे पानीलाई ट्याङ्कीमा संकलन गरिएको छ भने ट्याङ्की भरिएपछि नास भएर जाने पानीलाई पनि रिचार्ज गर्न सकिन्छ । धेरै भएको पानीलाई पाइप लाएर इनारमा खसालिन्छ । 

महानगरका अनुसार पाइलट प्रोजेक्टका रूपमा गंगबुमा एक हप्ता अघि नै रिचार्जको काम सम्पन्न भएको छ । भने गंगबुस्थित टाउनप्लानिङ्गको तीन ठाउँमा इनार खन्ने काम सुरु भइरहेको छ । हाल महानगरले सार्वजनिक र खुला ठाउँमा रिचार्जको कामलाई प्राथमिकता दिएको छ । योजनालाई प्रभावकारी बनाउन तीन चार वर्षसम्म निरन्तर सञ्चालन गर्ने महानगरको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro