site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोहोर पानीमा सुन खोज्दै बंगाली (तस्बिर सहित)

काठमाडौं । सडक किरानामा केही बहुमूल्य वस्तु हराए झै फोहोर पानीमा हात डुबाएर खोज्दै गरेका चन्दनलाल मडारीले विगतदेखि नै यस्तै काम गर्दै आएका छन् । उनले फोहोर पानीमा सामान हराएर खोजी गरेका भने होइनन् । यो त उनको जीविकोपार्जनको दैनिकी हो । विगत दुई वर्षदेखि परिवारसहित नेपाल आएका मडारीले आफूले बाल्यकालदेखि नै यस्तै काम गर्दै आएको बाह्रखरीलाई  बताए ।

“बाल्यकालदेखि नै मैले यो काम गर्दै आएको छु, नेपालमा पनि विगत दुई वर्षदेखि यही काम गर्दै छु,” उनले भने, “मेरो ६ जनाको परिवार छ सबैजना यही काम गर्छौं ।”

मडारी परिवारले हालसम्म बागमती खोलाको पशुपति क्षेत्र, चाबहिल, गौशाला, कालीमाटी, कलंकी र न्युरोड लगायतका ठाउँमा सुन खोज्ने काम सकेका छन् । सडकको दायँबाँया जमेको फोहोर पानीमा उनीहरूले पानी हाल्दै ब्रस लगाएर मेहनतको साथ काम गर्छन् । उनका अनुसार माटोमा टाँसिएर रहेका विभिन्न फलाम, पित्तल, तामासँगै सुनचाँदी समेत भेटिने गरेको छ ।

दैनिक २ देखि ४ लालसम्म सुन भेट्न सकिने बताएका मडारीले सुन पसलेले एक लाल सुनको मूल्य पाँच सय रुपैयाँ दिने गरेको बताए । त्यसैगरी, सुनचाँदी बाहेक फेला परेका फलाम लगायतका धातुलाई कवाडीलाई बेच्ने गरेका छन् । “म आफ्नो कामप्रति पूर्ण सन्तुष्ट छु,” उनले भने ।


Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro