site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प गएकै दिन रानीपोखरीको उद्घाटन

काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणले गति लिएको छ । भूकम्प गएकै दिन उद्घाटन गर्ने महानगरपालिकाको योजना छ ।

पोखरीको निर्माण, बालगोपालेश्वर मन्दिर र रानीपोखरीभित्रको सौन्दर्यीकरण गरी तीन चरणमा धमाधम काम भइरहेका छन् । पोखरीभित्र कालोमाटो भर्ने र इँटा छाप्ने कामले पनि गति लिएको छ । पुनर्निमाणलाई प्रभावकारी बनाउन दुई जिम्मोवार निकाय क्रियाशील छन् । सीएमजेभी निर्माण कम्पनीले मन्दिर, पुल तथा बगैंचाको जिम्मा पाएको छ भने उपभोक्ता समितिले पोखरी निर्माणको जिम्मा लिएको छ ।

समितिले दिएको जानकारीअनुसार मन्दिर प्रताप मल्ला कालीन शिखर शैलीमा करिब २४ करोडको लागनमा निर्माण हुँदैछ । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले बाह्रखरीसँग कुरा गर्दै गत फागुन २० बाट पुनर्निर्माण सुरु भएको बताए । 

“बाहिरबाट हेर्दा धेरै काम भएको देखिँदैन, तर भित्रिरूपमा रानीपोखरी पुनर्निर्माणले गति लिएको छ, हामी आगामि वैशाख १२ गते भूकम्प गएकै दिन उद्घाटन गर्ने गरी लागि परेका छौं,” उनले भने ।

“पुल र पर्खालको काम ८५ प्रतिशत सकिएको छ । पोखरी निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरीको फेदमा इटा छापिएको छ भने कालो माटो र इँटाको रोलिङग गर्ने काम बाँकी छ,” उनले भने, ‘‘पोखरी निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ ।’’ 

पुरातात्त्विक तथा ऐतिहासिक सम्पदालाई पुरानै शैलीमा निर्माण गर्दा त्यही अनुरुपको सामग्री समयमै नपाउँदा समस्या भए पनि सीप र दक्ष जनशक्तिकोे अभाव भने नभएको बताए । 

रानीपोखरी पुनर्निर्माणका लागि भक्तपुरको दक्षिण बाराही इँटा उद्योग र चन्द्रा गिरी नगरपालिका एरिया भित्रको इँटा प्रयोग गरिएको छ भने पोखरीभित्र प्रयोग हुने कालो माटो भक्तपुर, तथा साँखुबाट ल्याउँनेक्रम जारी छ ।

पानीका लागि डिप बोरिङ

रानीपोखरीमा पानी जम्मा गर्नका लागि पोखरीको उत्तर र दक्षिणकुनामा दुईवटा डिप बोरिङ खन्न थालिएको छ ।

रानीपोखरीको निर्माणका लागि उपभोक्ता समितिले ९ करोड ५४ लाख र मन्दिरसहित अन्य सबै निर्माणका लागि सीएम जेभीले साढे १४ करोड रुपैयाँमा जिम्मा लिएको हो । पानी संरक्षणका लागि हाल सानो पोखरीमा पानी जम्मा गर्ने काम जारी रहेको छ । 

पोखरी साढे पाँच फिटको हुनेछ । पोखरीको पर्खालभित्रको क्षेत्रफल ६३ रोपनी हरेको उपभोक्ता समितिले जानकारी दिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro