site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृहको पत्राचार 
Dabur Nepal
NIC Asia

काठमाडौं । गृह मन्त्रालयले देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन पत्राचार गरेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै गृहले आ–आफ्ना जिल्लामा रहेका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो । 

“मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना/योजना सञ्चालन गर्न कार्यालय/निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,” गृहको पत्रमा उल्लेख छ ।

साथै गृहले अलपत्र/रुग्ण आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय/निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न पनि निर्देशन दिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro