site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाको सचिवालय बैठक बस्दै, कार्यविभाजन टुंग्याइने
Sarbottam CementSarbottam Cement

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो । कार्यविभाजन टुंगो लगाउन अहिले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधव नेपाल छलफलमा केन्द्रित भएका छन् । शीर्षत्रयसँगै पार्टी महासचिव विष्णु पौडेल पनि छलफलमा रहेको स्रोतले जानकारी दियो ।

शीर्ष नेताहरूले कार्यविभाजन टुंगो लगाउने र सचिवालय बैठकमा प्रस्तुत गर्ने तयारी भएको बालुवाटार स्रोतको भनाइ छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभागीय प्रमुखहरू चयन गर्ने विषय पेचिलो बन्दै गएपछि अध्यक्षद्वय ओली–प्रचण्ड दुई–तीनदिन यता दिनहुँ छलफलमा जुटेका छन् ।

“जिल्ला र जनसंगठनहरूको इन्चार्ज, सहइन्चार्ज तोक्ने र विभागहरूलाई पूर्णता दिने विषयमा दुईजना अध्यक्षले गृहकार्य गरिरहनुभएको छ । मंगलबार बिहान माधव नेपालसँग पनि परामर्श र छलफल गरेर सचिवालय बैठक बस्ने तयारी भइरहेको,” बालुवाटार स्रोतले बाह्रखरीसँग भन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

माधव नेपालको प्रस्ताव– संगठन विभाग प्रमुख वामदेव नभए सुरेन्द्र पाण्डेलाई दिऊँ

नेकपाको अन्तरिम विधानले ३२ वटा विभागको व्यवस्था गरेको भए पनि संगठन विभाग प्रतिष्ठाको विषय बनेको छ । र, चारजना नेताले आँखा गाडेका छन् । पार्टी महासचिव विष्णु पौडेलसहित, ईश्वर पोखरेल, वामदेव गौतम र रामबहादुर थापाले संगठन विभाग प्रमुखमा आकांक्षा देखाएका छन् । तर, नेता नेपालले स्रोतका अनुसार नेता नेपालले वामदेवलाई नै प्रस्ताव गरेका छन् । पछिल्लो समय वामदेव ओलीसँग रुष्ट छन् ।

Global Ime bank

केही दिनअघि अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला भएको सहमति देखाउँदै १५ महिनापछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने तर्क गरे । र, प्रचण्डको तर्कमा वामदेवसमेत उभिएका छन् । वामदेवलाई संगठन विभाग दिएर असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने पक्षमा माधव नेपाल देखिएका छन् । वामदेव गौतम पार्टीको शक्तिशाली जनसंगठन किसान महासंघको अध्यक्ष पनि भएकाले उनको नाममा सहमति नजुटे सुरेन्द्र पाण्डेलाई अघि सार्ने नेपाल पक्षको तयारी छ ।

पार्टी अध्यक्षको प्रचण्डको चाहना गौतम नै भएकाले उनको सम्भावना बढेर गएको नेता बताउँछन् । अध्यक्ष ओली बादललाई संगठन विभाग प्रमुख बनाउने पक्षमा छन् । पोखरेल र पौडेलका पक्षमा नेताहरू खुलेका छैनन् ।

‘प्रतिष्ठाको विषय बनाइयो’
साविक एमालेको संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए । माओवादी केन्द्रको संगठन विभागको कमाण्ड बादलले सम्हाल्दै आएका थिए । एकीकृत पार्टीलाई संगठन विभाग टुंग्याउन हम्मेहम्मे परेको छ । पार्टी अध्यक्ष ओली र प्रचण्ड र सचिवालयका नेताहरू पटकपटक छलफलमा बसे पनि टुंगिन नसकेको नेताहरू बताउँछन् ।
“संगठन विभाग प्रमुख त्यस्तो महत्त्वपूर्ण पद होइन । तर, प्रतिष्ठाको विषय बनाइएकाले टुंग्याउन गाह्रो भयो,” नेकपाका एक नेता बताउँछन् ।

एमालेमा को–को भए संगठन विभाग प्रमुख ?

२०४९ सालको पाँचौँ महाधिवेशनले पार्टी महासचिवमा मदन भण्डारी चयन ग¥यो । ततपश्चात संगठन विभाग प्रमुख जीवराज आश्रित चुनिएका थिए । तर, २०५० सालमा मदन, आश्रित दुवै रहस्मय दुर्घटनामा परेपछि माधव नेपाल महासचिव भएर संगठन विभाग प्रमुख वामदेव गौतम चुनिए । ०५१ सालमा पार्टी सरकारमा गएपछि कार्यवाहक महासचिवको जिम्मेवारी गौतमको काँधमा आयो । र, संगठन विभाग प्रमुख चुनिए– विष्णु पौडेल ।

२०५४ सालको पार्टी विभाजन पछि अमृत बोहोरा संगठन विभाग प्रमुख चुनिए । ०५९ सालको सातौँ महाधिवेशनपछि ईश्वर पोखरेल पार्टी संगठन विभाग प्रमुख चुनिएका थिए । ०६१ असारमा एमाले देउवा नेतृत्वको सरकारका सहभागी भएपछि संगठन विभागको जिम्मेवारी पुनः पौडेलको काँधमा आयो ।
२०६५ फागुनमा सम्पन्न बुटवल महाधिवेशनपछि युवराज ज्ञवाली संगठन विभाग प्रमुख भए ।

२०७१ साउनमा सकिएको नवौँ महाधिवेशनपछि भने पृथ्वीसुब्बा गुरुङ संगठन विभाग प्रमुख थिए । कमिटी र पार्टी सदस्यहरूको लगत राख्ने र आधारतभूत तहका पार्टी कमिटीसँग सीधा सम्बन्ध काय हुनेहुनाले कम्युनिस्ट पार्टीमा संगठन विभागको विशेष महत्त्व रहन्छ । त्यसबाहेक अन्य महत्त्वपूर्ण विभागको जिम्मेवारीको पनि सचिवालयकै नेतालाई बाँड्ने तयारी छ ।

विदेश विभाग प्रमुखमा माधव नेपाल, स्कुल विभाग झलनाथ खनाल, आर्थिक विभाग प्रमुख ईश्वर पोखरेलको चर्चा रहेको स्रोत बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय