site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्ध र मानवताविरुद्धको अपराधमा इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर, इजरायलले गत अगस्टमा गाजामा भएको हवाई आक्रमणमा डेफ मारिएको दाबी गरेको थियो ।

Dabur Nepal
NIC Asia

आईसीसीका अनुसार, नेतान्याहु र गालान्टले गाजाका नागरिकहरूलाई खाना, पानी, औषधि, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको आरोप छ । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ छ ।

अदालतका मुख्य अभियोजक करिम खानले गत मे महिनामा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए । गाजामा ठूलो भोकमरीको कारण नेतान्याहु र गालान्ट दोषी रहेको उनको आरोप थियो ।

गत वर्षको अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए । त्यसक्रममा एक हजारभन्दा धेरैको ज्यान गएको थियो भने २५० भन्दा बढी इजरायली अपहरणमा परेका थिए ।

जवाफी कारबाहीमा उत्रिएको इजरायलले अझै आक्रमण गरिरहेको छ । जसमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । एक लाखभन्दा बढी घाइते भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro