site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुरका उमेदवारलाई चुनाव चिह्न : क्याल्कुलेटरदेखि केटाकेटीसम्म
यही मंसिर १६ गते हुने कीर्तिपुर उपनिर्वाचनका स्वतन्त्र उमेदवार । फाइल तस्बिर ।

काठमाडौं । यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानका उमेदवारहरूले चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार (हिजो) चुनाव चिह्न दिएको हो । 

मेयर पदमा उपनिर्वाचन हुने कीर्तिपुरका स्वतन्त्र उमेदवारहरूले क्याल्कुलेटरदेखि केटाकेटीसम्मको चिह्न पाएका छन् । यहाँ मेयर पदमा २० उमेदवार छन् । ९ जना पार्टीका उमेदवारले सोही पार्टीको चिह्न पाएका छन् । 

स्वतन्त्र उमेदवार दिनेशकुमार अधिकारीले कैँची, धर्मरत्न मानन्धरले क्याल्कुलेटर, नरेशराज पाण्डेले आँप, नरेश श्रेष्ठले पानीको बोतल चिह्न पाएका छन् । त्यस्तै, स्वतन्त्र उमेदवार नवरथ बानियाँले इस्टकोट, प्रेमबहादुर महर्जनले ब्याटमिन्टन कर्क, मिम महर्जनलाई क्यामेरा चिह्न दिइएको छ । त्यस्तै, स्वतन्त्र उमेदवारी दिएका राजमान महर्जनले केटा र केटी, रामकृष्ण महर्जनले जेब्रा चिह्न पाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro