देश
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका दुई न्यायाधीशको काज सिफारिस गरेको छ । आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश किरणकुमार पोखरेल र उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कार्यरत न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरेको हो ।
बैठकले उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस पनि गरेको छ ।
यसैगरी, बैठकले विभिन्न जिल्ला अदालतका ११ न्यायाधीशलाई सरुवा पनि गरेको छ ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १८:२७
प्रतिक्रिया दिनुहोस्