site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित 

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदनउपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराइन् । कार्यअनुभवका आधारमा प्रतिवेदनउपर छलफल गरी पारित गरेको बताइन् ।

उनले भनिन्, "कर्मचारीहरूको सरुवा बढुवा र पदावधि लगायतको निर्णय गर्ने अधिकार समावेश भएको उक्त प्रतिवेदन आजको समिति बैठकबाट पारित भएको छ । कार्यअनुभवका कुराहरू हामीले पास गरिसकेका छौँ । सोही सहमतिअनुसार उक्त प्रतिवेदन सर्वसहमतिबाट पास भएको घोषणा गर्दछु ।"

प्रतिवेदनमा रहेका केही बुँदाहरू भने पुनः छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro