site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डीआईजी बढुवा कहिले ? दरबन्दी थपको प्रयासले अन्योल 

काठमाडौं । प्रहरीमा असारयता प्रहरी नायव महानिरीक्षक (डीआईजी) को ५६ वर्षे उमेर हदका कारण अवकाश पाउँदा आठ दरबन्दी रिक्त हुन पुगेको छ । 

असार २१ मा डीआईजी पोषराज पोखरेलले अवकाश पाएका थिए । त्यही बेलादेखि डीआईजीको दरबन्दी रिक्त हुन थालेको हो ।

यो पाँच महिनाको अवधिमा थप सात डीआईजीको दरबन्दी रिक्त भएको छ । केही डीआईजीले अवकाश र केही बढुवा हुँदा डीआईजीको रिक्त दरबन्दी आठ पुगेको हो ।

Dabur Nepal
NIC Asia

तर, गृह मन्त्रालयले पाँच महिनादेखि नै रिक्त हुँदै आएको डीआईजीको बढुवा प्रक्रिया अझै थालेको छ्रैन । जनपद प्रहरीमा कुल २० जना डीआईजीको दरबन्दी छ । हाल आठ रिक्त हुँदा १२ जना डीआईजीमात्रै कार्यरत छन् ।
रिक्त डीआईजीमा बढुवा गर्नुपर्ने गृह मन्त्रालय उल्टो डीआईजीको दरबन्दी थप गर्नुपर्ने घनचक्करमा लागेको छ ।

प्रहरी प्रधान कार्यालयको योजना तथा अन्वेषण निर्देशनालयले जनपदतर्फ डीआईजीमा तीन दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ ।

सोही प्रस्तावका कारण बढुवा प्रक्रिया अलपत्र परेको केही प्रहरी अधिकारीको बुझाई छ । 

प्रहरी नियमावली अनुसार कुनै पनि प्रहरी अधिकारीको रिक्त दरबन्दी तीन महिनाभन्दा बढी खाली राख्न नमिल्ने उल्लेख गरेको छ । जसकारण नियमावली समेत कार्यन्यवन भएको छैन । गृह मन्त्रालयले समयमै बढुवा नगर्दा नियमित काममा समेत असर परेको छ । 

डीआईजीले कमान्ड गर्ने युनिटहरूमा वरिष्ठ उपरीक्षक (एसएसपी) ले निमित्तको भरमा काम गर्नुपरेको छ ।

त्यसको पहिलो असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमासमेत परेको छ । डीआईजीले कमान्ड गर्दै आएको विमानस्थल सुरक्षा गार्ड प्रमुखमा हाल एसएसपी प्रमुख छन् । यसअघि विमानस्थल सुरक्षा गार्ड प्रमुखमा डीआईजी किरण राणा थिइन् ।

उनी एआईजीमा बढुवा भएर अवकाश पाएसँगै विमानस्थल सुरक्षा प्रमुखमा एसएसपी डम्बरबहादुर विक  छन् । यद्यपी विमानस्थलमा दरबन्दी भने एसएसपीकै छ ।

प्रहरी प्रधान कार्यालयले त्यही मौका छोपेर एसएसपी दरबन्दी भएका ठाउँ जहा डीआईजी खटाउँदै आएको छ त्यहाँ डीआईजीको दरबन्दी थप गरेर पठाउनुपर्ने अडान राखेर दरबन्दी थपका लागि प्रक्रिया थालेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गरेको हो ।

प्रहरी हेडक्वार्टरबाट आएको प्रस्ताव गृह मन्त्रालयले एक साताअघि नै स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर, अर्थबाट अझै स्वीकृत भएर आएको छैन । तर अर्थबाट स्वीकृत हुँदा समेत दरबन्दी थपका लागि कानुन मन्त्रालय र लोकसेवा हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि बल्ल डीआईजीको दरबन्दी थप हुनेछ । 

यो प्रक्रिया पूरा हुन अझै समय लाग्ने छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार गृह मन्त्रालयले आफूनिकटलाई मात्रै बढुवा गर्ने प्रयास गरेपछि प्रहरी प्रधान कार्यालयले डीआईजी दरबन्दी थपको बखेडा झिकेको हो ।

ती अधिकारीले भने, “डीआईजीको दरबन्दी थप हुने अवस्था कम देखिन्छ । तर, आठ डीआईजीमा मात्रै बढुवा गर्दा आईजीपीले चाहेका व्यक्ति बढुवा हुने अवस्था नदेखिएपछि रोक्न प्रयास गर्न दरबन्दी थपका प्रयास गरेको हो ।”

प्रहरी अधिकारीका अनुसार आईजीपी बसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत एसएसपी दिनेश आर्चाय र अर्का एसएसपी गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न चाहेका छन् । उनीहरू २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकारी हुन् ।

आठ डीआईजीका लागि आईजीपी कुवँरकै ब्याचीसहित तीनवटा ब्याचका अधिकारी प्रतिस्पर्धामा छन् । 

२०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएकाहरु गणेश चन्द, धु्रवराज राउत र भोलाबहादुर रावल डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

मंसिर २४ गतेभित्र डीआईजीमा बढुवा नभए एसएसपी चन्दले अवकाश पाउनेछन् । एसएसपीको ५६ वर्ष उमेरले उनी अवकाशमा जान लागेका हुन् । 

त्यस्तै २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा नेपाल प्रहरीकै इन्सपेक्टरमा भर्ना भएको ब्याचका अधिकृतहरू डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

यसरी तीन ब्याचका २५ जना एसएसपी मुख्य प्रतिस्पर्धी देखिएका छन् । आईजीपीका ब्याचीबाहेक २०५३ को टोलीबाट सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी मूख्य प्रतिस्पर्धी हुन् ।

त्यस्तै सोही टोलीका हिमालयकुमार श्रेष्ठ, ओमबहादुर राना डम्बरबहादुर बिकसमेत बढुवाको प्रतिस्पर्धामा छन् ।  २०५४ को टोलीबाट राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, गोविन्द थपलिया, ईश्वर कार्की र अरुण पौडेल लाइनमा छन् ।

यही ब्याचका अन्य एसएसपीहरू माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro