site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोसपाले फेरि भन्यो– बीआरआई सम्झौता देशको हितमा छैन
महन्थ ठाकुर । फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपालले चीनसँग गर्ने भनिएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्झौता देशको हितमा नरहेको पुनः ठहर गरेको छ । लोसपा बीआरआई सम्झौताको विपक्षमा छ ।

बुधबार (हिजो) काठमाडौंमा बसेको उक्त पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको बैठकबाट केन्द्रीय समितिले विगतमा गरेको त्यससम्बन्धी निर्णयको सान्दर्भिकता हाल समेत उत्तिकै रहेको निष्कर्ष निकालिएको हो । “मिति २०८० चैत्र ६ र ७ गते बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकद्वारा बीआरआई सम्झौता देशको हितमा नरहेको निर्णयको सान्दर्भिकता हाल समेत उत्तिकै रहेको ठहर यस बैठकको रहेको हुनाले लोसपा नेपाल बीआरआई सम्झौताको विपक्षमा रहेको निर्णय यस बैठकले गर्दछ,” पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिनामा गर्ने भनिएको चीन भ्रमणअघि देशभित्र पुनः बीआरआई चर्चाको शिखरमा छ । बीआरआईका विषयमा यहाँ विशेष गरी दुई थरी मत देखिएको छ ।

यस्तै, उखुको ‘घोषणा’ मूल्य तोक्न संघीय सरकारसँग माग गरिएको छ । किसानलाई उखुको भुक्तानी समयमै गराउन लोसपाले सहजीकरण गर्ने निर्णय पनि बैठकबाट गरिएको छ ।

पार्टीको आसन्न महाधिवेशन सम्पन्न गर्न घोषणा गरिने सम्पूर्ण कार्यक्रम पूर्ण रूपमा सफल बनाउन उनीहरूले प्रतिबद्धता जनाएका छन् । “पार्टीले घोषणा गरेको ‘साधारण सदस्यता वितरण’ अभियान बृहत् रूपमा सञ्चालन गर्न हामी पूर्ण रूपमा सक्रिय भई लाग्ने निर्णय यस बैठकले गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

बाढीपहिरोबाट क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, राहत तथा पुनर्वासको व्यवस्थापन यथाशीघ्र गर्न पनि लोसपाले संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

af-1732187069.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro