site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारको ‘निर्णय र चेतावनी’पछि पनि घटेन हवाई भाडा

काठमाडौं । अग्रिम टिकट किनेर बढी मूल्यमा बेचेको कारण देखाउँदै सरकारले ट्राभल एजेन्सीहरूले अग्रिम टिकट (टु बी अनाउन्स्ड–टीबीए) खरिद गर्न पाउने अधिकार खारेज ग¥यो ।  त्यो खारेजीसँगै हवाई भाडादर कम हुने अपेक्षा थियो । त्यसो हुन सकेन । अर्थात् भाडादर घटेन । यात्रुहरूले अझै उच्च दरमा टिकट किन्नुपरेको छ । 

टीबीए खारेजीपछि पनि अन्तर्राष्ट्रिय गन्तव्यहरूको टिकट पाउन निकै मुस्किल छ ।   नेपाल आउने तथा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्य जाने यात्रुहरूले तत्कालका लागि कुनै पनि एयरलाइन्सको टिकट उपलब्ध गराउन सकेका छैनन् । 

टिकट पाए पनि त्यसको मूल्य निकै उच्च देखिन्छ । तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा जानुपरेको खण्डमा भाडावापत नै एक लाख माथि तिर्नुपर्ने अवस्था छ । 

Dabur Nepal
NIC Asia

टीबीए खारेज गरे पनि त्यसले हवाई भाडामा कुनै पनि कमी नआएको उपभोक्ताहरूको गुनासो छ । 

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्दा त्यसले नेपाल आउने र बाहिरिने हवाई भाडा उच्च हुन गएको हो । 

मुख्य विमानस्थल १० घण्टा बन्द भएपछि यात्रुहरूले दोब्बर–तेब्बर तिरेर यात्रा गरिरहेका छन् ।  विमानस्थल बन्द गरेर ३० प्रतिशत उडान कटौती हुँदा त्यसको असर यात्रुले तिर्ने भाडामा परेको हो । 

मुख्य सिजनमा १० घण्टा विमानस्थल बन्द गरेको र यात्रुहरूले तेब्बर भाडा तिर्नु परेपछि सरकारको चर्को आलोचना भइरहेको छ । 

चौतर्फी दबाब र आलोचनापछि भाडादर नियन्त्रणक गर्न प्राधिकरणले अग्रिम टिकट खरिद टीबीए खारेज गरे पनि त्यसबाट टिकट मूल्यमा कुनै असर नभएको यात्रुहरूको गुनासो छ ।

टीबीएमा यात्रुको नामपछि राख्ने सर्तमा ठूलो मात्रामा टिकट ट्राभल एजेन्सीले लगेका हुन्छन् ।  त्यही टिकट कालोबजारी गरेको आशंकामा टीबीए खारेज गरेको थियो । 

टीबीए खारेज गरेपछि यसले हवाई टिकटको मूल्य पहिलेकै तुलनामा आउने भनिए पनि त्यसले कुनै प्रभाव परेको छैन । यात्रुहरूले दोब्बर–तेब्बर मूल्यमा टिकट काटिरहेका छन् । ‘फेयर रेट’मा कुनै टिकट उपलब्ध नभएको उनीहरूको गुनासो छ । 

काठमाडौंबाट छिमेकी भारतको इन्दिरा गान्धी विमानस्थल जान परेको खण्डमा एकतर्फी ५५ हजार रूपैयाँमाथि तिर्नुपर्ने अवस्था छ । काठमाडौंबाट बंगलादेशको ढाका जान आधा लाख तिर्नुपर्ने अवस्था छ । 

हवाई टिकटको मूल्य अकासिएको र यसले विशेषगरी श्रमका लागि विदेशिनेहरू मर्कामा परेका छन् ।  संस्कति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डे टीबीए खारेज भए पनि भाडादर घटाउन नसकिएको स्वीकार गर्छन् ।

“मन्त्रिपरिषद्बाट कार्ययोजना पास भएको छ । तर, त्यो राम्रोसँग कार्यान्वयन भएको छैन,” उनले भने, “भ्याट छुट दिने भनेको त्यो भएको छैन । क्वारेन्टाइन, भिषा सेन्टरलगायतका कार्यहरू भएका छैनन् । भ्याट छुट लगायतका कुरा भएको भए भैरहवालगायतका ठाउँबाट केही सुलभ हुन्थ्यो ।”

टीबीए खारेजपछि टिकट नियमित हुने भनिएको टिकट पाइएको छैन । 

यसअघि कात्तिक २४ गते बसेको क्यान, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरूका प्रतिनिधिको बैठकमा हवाई भाडा भएको अप्रत्याशित वृद्धि रोक्न एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार खारेज गरेको थियो ।  

उक्त बैठकमा एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडादर कायम गर्ने सहमति भएको थियो ।

बैठकले हवाई टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय र हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत निर्णय समेत गर्‍यो । 

सरकार र क्यानले उक्त निर्णय गरेपनि त्यसमा व्यवसायीहरूले सहमति नहुँदा अकासिएको भाडादरमा कुनै कमी भएको छैन ।  कात्तिक २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माण गर्न १० घण्टा बन्द छ । 

मुख्य विमानस्थल १० घण्टा बन्द गरेर फ्लाइट कटौती गरेपछि त्यसले नेपालको उडान क्षेत्र नै तहसनहस पारेको व्यवसायीहरूको आरोप छ । 

पर्यटकीय सिजनमै भाडाको दर तेब्बर भएको र फ्लाइट समेत नपाएपछि पर्यटकहरू नेपाल आउनु भन्दै अर्के गन्तव्य छान्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । यसले समग्रमै नेपालको पर्यटन क्षेत्रमा असर पार्ने उनीहरूको भनाइ छ । 

वैदेशिक रोजगार व्यवसायी संघका मेघनाथ भुर्तेलका अनुसार, सरकारले टीबीए खारेज गरेपनि त्यसले फ्लाइट टिकटमा केही पनि थपघट नभएको बताउँछ । 

“३५–४० हजारमा हामीले उडाई रहेका श्रमिकहरूले एकलाख माथि तिर्नुपरेको छ,” उनी भन्छन्, “४० हजारमा खोज्दा टिकट पाइँदैन । एकलाख निकाले टिकट तुरून्तै पाइन्छ ।”

टीबीए खारेजभन्दा पनि फ्लाइट संख्या थपेर वा नियमित उडान गर्न दिए टिकट सस्तिने उनको भनाइ छ ।

सरकारले टीबीए खारेज गरे पनि रेट नघटेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) का सचिव विष्णु घिमिरे बताउँछन् । 

“टीबीए खारेज स्वागतयोग्य कदम हो । हाल पर्यटकीय सिजन र हाम्रो चाडपर्व पनि भर्खर सकिएको र फ्लाइट कटअफ भएका कारण पनि भाडादर उच्च भएको हो,” उनले भने, “टीबीए खारेजपछि केही कम हुन्छ, भन्ने आशा थियो तर त्यस्तो भएको देखिँदैन ।”

घिमिरेका अनुसार, काठमाडौंबाट दुवई जाने भाडा झन्डै दोब्बरदेखि तेब्बर पुगेको छ ।  भाडादर उच्च भएकाबारेमा केही गुनासो आइरहेको क्यान नै स्वीकार गर्छ । 

“हामीले पनि कसरी हुन्छ भाडादर कम होस् भनेर अध्ययन गरिरहेका छौं,” उनले भने, “नेपालीहरूलाई त भनेर र नियमअनुसार लिउँ भनेर कम गर्न सकिएला । तर, खुला बजार र माग र पूर्तिका आधारमा चल्ने भएको हुँदा हामी पनि अध्ययनमै छौं । क्यानले कम भाडामा उडाउन अनुरोध गर्ने हो ।”

भाडादर कसरी सस्तो बनाउन सकिन्छ भनेर मन्त्रालयले अध्ययन गरिरहेको मन्त्री पाण्डे बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro