site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हाफ म्याराथनको उपाधि अनिश र विश्वरुपालाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश थापा मगर र विश्वरुपा बुढाले हात पारेका छन् । कान्तिपुर पब्लिकेसनद्वारा शनिबार यहाँ आयोजित नवौं संस्करणको उक्त प्रतियोगिताअन्तर्गत पुरुष स्पर्धामा उपाधि हासिल गरेका अनिशले निर्धारित दुरी एक घण्टा आठ दशमलव चार मिनेटमा पूरा गरे । उपाधिसहित उनले रु ५० हजारसहित डुएटको स्कुटर प्राप्त गरे  । 

त्यस्तै महिला स्पर्धामा प्रथम स्थान हासिल गरेकी विश्वरुपाले निर्धारित दुरी एक घण्टा २३ मिनेट २८ सेकेण्डमा पूरा गरिन् । उनले उपाधिसहित रु ५० हजार र डुएटको स्कुरट प्राप्त गरिन । सोही स्पर्धाको पुरुषतर्फ दुर्गा बुढा दोस्रो भए भने आर्मीका कृष्णा बस्नेत तेस्रो भए । महिलातर्फ आर्मीकै सन्तोषी श्रेष्ठ दोस्रो तथा एपिएफकी बिना देसार तेस्रो बनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो बनेका दुवै स्पर्धाका खेलाडीले जनही रु तीस हजार प्राप्त गरे भने तेस्रो स्थान हासिल गरेका खेलाडीले जनही रु बीस हजार प्राप्त गरे । सो हाफ म्याराथन थापाथलीबाट शुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट हुँदै थापाथली आएर सम्पन्न भएको थियो ।

त्यस्तै ह्विलचेयरतर्फ पुरुषमा रामबहादुर तामाङ पहिलो, प्रेम विक दोस्रो र मोहनबहादुर बस्नेत तेस्रो भए । महिला स्पर्धामा याम झाँक्री मगर पहिलो भइन् भने रजनी राई दोस्रो तथा बबिता थापा तेस्रो भइन् । दुबै प्रतिस्पर्धामा पहिलो हुनेले जनही रु बीस हजार, दोस्रोले रु दश र तेस्रो हुने खेलाडीले रु पाँच हजार हात पारे ।

Global Ime bank

पाँच किलोमिटर कर्पोरेट एण्ड मिडियाअन्र्गत पुरुष स्पर्धामा राजेश खड्का पहिलो, अजय तामाङ दोस्रो र उत्तम श्रेष्ठ तेस्रो भए । सोही स्पर्धाको महिलामा काजल बिष्ट पहिलो, जुनेली सुनार दोस्रो र सुनिता गौतम तेस्रो भए । कर्पोरेटतर्फका विजेता खेलाडीले बैंककमा तीन रात र चार दिनको भ्रमण प्याकेज प्राप्त गरेका छन् भने दोस्रो हुनेले पोखरामा दुई रात र तीन दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरेका छन् ।
 
उक्त स्पर्धा थापाथलीबाट शुरु भई माइतीघर हुँदै सिभिल हस्पिटलबाट फर्केर पुनः सोही रुट फर्कंदै थापाथली पुगेर सम्पन्न भएको थियो । एकदिने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एक कार्यक्रबीच गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC