site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मलेसियाविरुद्ध नेपालको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले सहज जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले मलेसियामाथि ८ विकेटको जित निकालेको हो । 

क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । ९३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउँदै ९५ रन बनायो ।

नेपालका लागि रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान गरे । उनले ४५ बल खेल्दै ५ चौकाको सहयोगमा ३९ बनाएका हुन् । त्यस्तै आशिफ शेखले २६ रन जोड्दा पवन सरार्फले १९ रनको योगदान गरे । 
यसअघि पहिले ब्याटिङ गरेको मेलेसियाका लागि लेजाड ड्यानियल फकिरीले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । ५५ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 
त्यस्तै कप्तान मोहमद अमिरले १३ रन जोड्दा हाकिम हर्शनले १० रनको योगदान गरे । मलेसियाका लागि त्यस बाहेक कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका पवन शराफ र कौशल मल्लले सर्वाधिक तीन तीन विकेट लिएका थिए ।

त्यस्तै कमल सिंह ऐरीले दुई विकेट लिदा सागर ढकालको नाममा एक विकेट रह्‍यो ।  मलेसियाविरुद्ध जित निकाल्दै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC