site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यात्रा

सूर्यनारायण एच पेलिस


आदिम युगमा 
एउटा निष्कलंक जंगली जीवन
दौडिरह्यो,
मंगलग्रहको यात्रामा
स्पेससिपमा खुम्चिएको 
विकसित मान्छे बत्तिरह्यो
अनुभूतिका 
फगत दुई थैलाहरू
पालैपालो हावामा हल्लाउँछु

Argakhachi Cement Island Ad

अनेकन् थैलाहरू
पालैपालो जोख्छु
हल्लाइरहन्छु हावामा
फरक तर उस्तै
उस्तै तर फरक
उस्तै र फरकमा समता देख्छु
एक अनवरत नदीजस्तो
प्राप्तिको खोजी गर्छु
खोजीको प्राप्ति गर्छु

सायद बाँच्नका लागि यात्रा
र, यात्राका लागि दूरी चाहिन्छ
त्यसैले बनिरहन्छन् 
गोलवृत्तहरू
सानाठूला गोलवृत्तहरूमा समता देख्छु
र, थाकेर बस्ता
बन्छ एक अल्पविराम
अल्पविरामहरूको एक पूर्णविराम । 
(म्याग्दे–६, तनहुँ)
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्