site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले विराटनगरमा थापालाई चिनाए, विप्लवलाई ‘लुटेरा’ भन्दै ठिक पार्ने चेतावनी
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विराटनगर भ्रमणका क्रममा एक जना व्यक्तिलाई निकै महत्व दिए। विराटनगर विमानस्थलमा पत्रकारसँग चिनजान गराए। दिउँसो मोरङको कटहरी गाउँपालिकामा कृषि थोक बजार उद्घाटन कार्यक्रममा पनि स्टेजबाटै ती व्यक्तिबारे बोल्दै परिचय दिए।
 
बिहान विराटनगर विमानस्थल झरेका ओलीसँग समसामयिक विषयमा कुराकानी गर्न उनको सचिवालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो । प्रधानमन्त्रीलाई विमानबाट ओर्लिएपछि मुख्यमन्त्री शेरधन राईसहित पार्टीपंक्तिका नेताले फूलमालाले स्वागत गरे। त्यसपछि सरासर भिआइपी कक्षतर्फ अघि बढेका प्रधानमन्त्री सोफामा बसे। महासचिव विष्णु पौडेललाई पनि बस्‍न आग्रह गरे। त्यसपछि कसैलाई खोजे जसरी यताउता नजर लगाए अनि भने,‘‘खै उहाँ ! कर्ण थापा जी यतै आएर बस्‍नुहोस।’’

प्रधानमन्त्रीले थापालाई पत्रकारहरुसँग पनि परिचय गराउँदै भने,‘‘उहाँ सुदूरपश्चिमबाट आउनु भएको हो। तपाइँहरुले पनि चिन्‍नुहोस ।’’  स्थानीयको निकै ठूलो सहभागिता रहेको कार्यक्रममा प्रधानमन्त्रीले स्टेजबाट फेरि कर्ण थापाको नाम लिंदै भने,‘‘उहाँ कर्ण थापा सुदूरपश्चिमबाट पूर्वको विकास हेर्न आउनु भएको हो। पूर्वमन्त्री पनि हो र अहिले पार्टीको ७ नम्बर प्रदेश अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।’’

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले ‘‘तपाइँहरुलाई चाहिए जति उत्तर पार्टीका महासचिव, प्रदेश प्रमुख, सुदूरपूर्वका नेता, मन्त्रीहरु सबै हुनुहुन्छ सबैबाट उत्तर लिनुहोस’’ भन्दै आफू तर्कन खोजे तर पत्रकारले प्रधानमन्त्रीसँगै जिज्ञासा राख्‍ने अडान लिएपछि ओली बोल्न बाध्‍य भए ।

ओलीले विप्लव माओवादीले धम्क्याएर लुटपाट गरिरहेको, जनप्रतिनिधि, उद्योगी, व्यवसायसँग रकम असुल्दै गएकोले प्रतिबन्ध लगाउनु परेको स्पष्ट पारे। उनले भने, ‘‘जन्ती बसमा आगजनी गर्दैछ। यस्ता कृयाकलाप गर्न पाइँदैनभन्दा आफूलाई लोकतान्त्रिक भन्‍नेहरुको रुवाबासी किन ? म गम्भीर राजनीति गर्न आग्रह गर्न चाहन्छु । सरकार ठट्टा गरिरहेको छैन्। निषेध गरिएको छ। नेपालमा शान्ति चाहियो कि चाहिएन्? वार्ता आजदेखि गरेको हो ? उनीहरुको माग के हो ? वार्ता गर्दैनौं भनेको होइन। सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने कुनै माग छन् त?’’

Global Ime bank

ओली कृषि थोक बजार उद्घाटन कार्यक्रममा पनि नेकपा विप्लवसँग निकै आक्रोसित थिए। विखण्डनवाद समाप्त गर्दा पनि एकथरिले रोइकराई गर्दै कपाल लुछेर हिंडेको बताउँदै भने,‘‘जनताले भनेअनुसार चल्छु भन्दा पनि यो भनेको के हो भनेर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ? यो भनेको के हो ? जनताप्रति जिम्मेवार हुन्छु भन्दा किन राष्ट्रघात भयो भनियो?’’

प्रधानमन्त्रीले कृषि बजार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा विप्लव समूलाई लुटेराको संज्ञा दिए । उनले भने, ‘‘एउटा नेकपा विप्लव भन्ने समूह छ। त्यसले जोसँग पनि पैसा माग्‍ने। नदिए मार्ने, बम पड्काउने, गाडी उडाउने, घर उडाउने गर्दैछ जम्माजम्मी के का लागि? लुटेर पैसा पाउनका लागि। सरकारले विकासको लागि पैसा पठाउँछ उ लुट्न आउँछ। अब यस्तो गर्ने, लुटेकोलाई, बम पड्काएकोलाई प्रतिबन्ध लगाउँदा भनियो ओली नेतृत्वको सरकार तानाशाहीतर्फ गयो। लुटेरा समूहलाई हतियार बुझाउने समय दिइएको छ। समयभित्र हतियार नबुझाए हामी आफैं हतियार लिन्छौं। बाटो सच्याएनन् भने कसरी सच्याउनु पर्छ हामी भन्छौं। लुटपाट र आंतक मच्चाउन पाइँदैन्।’’

जलस्रोत विकास गर्न नपाइने ? बिजुलीको विकास गर्न पाइँदैन भन्दै त्यहाँ बम पड्काउने र  टेलिफोन विकास गर्न पाइँदैन भन्दै टावरमा बम पड्काउनु आतंक भएको बताउँदै भने,‘‘ विकास निर्माण गर्न पाइँदैन भन्दै त्यहाँ लुटपाट मच्चाएका छन्। संविधान अन्तर्गतका गतिविधि गर्न पाइन्छ तर हिंसात्मक र विध्वसांत्मक गतिविधि गर्न सरकारले दिंदैन्। नियन्त्रण गर्छ गर्छ रोक्यो रोक्यो अब रोक्यो। अब अति भयो । यो मान्य हुन सक्तैन्।’’

चन्दा आतंकको नाममा अवाञ्छित गतिविधि गरे त्यस्ता समूहलाई सरकारले ठिक लगाउने प्रधानमन्त्रीले चेतावनी दिए। उनले भने,‘‘बुद्धिजीवीको भनाइ सुन्दा दया लागेर आउँछ। प्रतिबन्ध गर्‍यो भनेर चन्दा उठाउन, हत्या गर्न, छुट दिनुपर्ने हो र? यति गर्दा तानाशाही भयो भन्दैछन्।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC