site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको अभिव्यक्तिको सञ्चारमन्त्रीले गरे बचाउ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए । सहमतिलाई असर पुग्ने कुनै काम नहुने उनले स्पष्ट पारेका हुन् ।

संविधान संशोधनका निम्ति पूरा गर्नुपर्ने प्रक्रिया लामो हुने भएकाले केही समय लाग्ने संकेत मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्त गरेको हुन सक्ने उनले बताए ।

संविधान संशोधन गर्नुपर्ने कारण पहिचान गरेर दुई दलले त्यसको विषय किटान गर्ने र त्यसपछि अरू दलहरूसँग छलफल उनले उल्लेख गरे । संविधान संशोधनलाई राष्ट्रिय एजेन्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने उनको भनाइ थियो ।

उनले सदनमा ‘होल्ड’मा रहेका विधेयकलाई समेत अरू दलसँग छलफल गरेर छिटोभन्दा छिटो अघि बढाइने बताए ।

यही पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले आउँदो फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरिएको जानकारी दिए ।

यस्तै, सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरिएको उनले बताए ।

माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro