site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छविलाई रास्वपा नेताको जिम्मामा छाडियो

पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा छाडिएको छ ।

बिहीबार अदालतको आदेशपछि ६५ लाख रुपैयाँ बैंक जमानत बुझाएर रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भए । उनलाई पार्टी उपसभापति डोलप्रसाद अर्याल (डीपी) र लामिछाने पत्नी निकिता पौडेलको जिम्मामा प्रहरीले छाडेको हो ।

लामिछानेसँगै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा धरौटीमा छुटेको अर्का आरोपित छविलाल जोशी पनि रास्वपा उपसभापति अर्यालकै जिम्मामा रिहा भएका हुन् ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार लामिछाने र जोशी दुवैलाई काठमाडौं अदालतमा स्वयं उपस्थित हुनेगरि छाडिएको हो । लामिछानेले ६५ लाख र जोशीले ८८ लाख रुपैयाँ बैंक जमानत बुझाएका हुन् ।

यस्तै, नेचर हब्र्सका रामबहादुर खनाललाई चाहिँ बहिनी देवीका विष्टको जिम्मामा छाडिएको ओलियाले बताए । खनालले १५ लाख रुपैयाँ जमानत बुझाएर छुटेका हुन् । उनीहरूविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पनि मुद्दा छ ।

सोही मुद्दाकाआरोपित जीबी राईकी सहयोगी लीला पछाई भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन् ।

सहकारी ठगीको मुद्दा लागेका पूर्वसांसद मीना गुरुङ पाँच लाख, उनका बुबा कृष्णप्रसाद गुरुङ एक लाख र सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङ पाँच लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro