site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘ओडीआइ’ मान्यताको एक वर्ष : चुनौतीका चाङमा चढेर \'टेस्ट राष्ट्र\' बन्‍ने सपना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले पुरुषतर्फ अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय अर्थात ‘ओडीआइ’ मान्यता पाएको शुक्रबार एक वर्ष पुरा भएको छ। अभिभावक संस्था नेपाल क्रिकेट संघ क्यानबिना नेपाली क्रिकेटले एक वर्षअघि आजकै दिन एकदिवसीय मान्यता पाएको थियो। चार वर्षका लागि एसोसिएट राष्ट्रको हैसियतमा एकदिवसीय मान्यता पाएको नेपालसँग अब एकदिवसीय मान्यताप्राप्त खेलका लागि तीन वर्ष बाँकी छ।
 
अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिती जनाएको नेपालका लागि एकदिवसीय मान्यताले सम्भावनाका कयौं ढोकाहरु खोले पनि चुनौतीको चाङ भने यथावत नै छन्। आन्तरिक विवादका कारण नेपाल क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा छ। क्यानकै निलम्बनका कारण घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थितीमा चुनौती थपिएको छ।
 
एकदिवसीय मान्यता पाउनुमात्रै ठूलो कुरा होइन, त्यो अवसरलाई सदुपयोग गर्दै स्थायी रुपमा एकदिवसीय मान्यता हुँदै टेष्ट राष्ट्रको रुपमा आफूलाई उभ्याउनु नेपालका लागि चुनौती हो। तर यो चुनौती खेलाडीले मैदानमा बल र ब्याट् घुमाएर मात्रै पुग्दैन। यसका लागि चाहिन्छ दिर्घकालिन योजना र मिसन। एसोसिएट राष्ट्रमा नेपालमा क्रिकेट समथर्कको उल्लेख्य माया छ। तर आन्तरिक खिचातानी, स्वार्थ समूहको अस्वस्थ्य प्रतिस्पर्धाले तीन वर्षपछि नेपालको ‘ओडिआइ’ मान्यता कायम रहला वा नरहला गम्भीर चिन्ता र चासोको विषय छ।

अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाल आफैं आयोजना गर्न सक्ने अवस्थामा छैन। एकातीर अभिभावकीय संस्था क्यान नहुनु र अर्कोतीर अन्तर्राष्ट्रिय स्तरको मैदान नहुनु नेपाली क्रिकेटका लागि 'आकासको फल आँखातरी मर' भनेझै भएको छ। मुलपानी मैदान कहिले बन्छ टुंगो छैन्। यस्तोमा नेपाली क्रिकेटलाई माया गर्ने सम्बद्ध पक्ष जिम्मेवार बन्न जरुरी छ।
 
जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा पपुवा न्यूगिनीमाथि ६ विकेटको जित निकालेपछि नेपालको एकदिवसीय मान्यताको यात्रा सहज बनेको थियो। पुपुवा न्यूगिनीमाथि जितमात्र नभई अन्य राष्ट्रको नतिजा अनुकुल भएपछि नेपाल एकदिवसीय राष्ट्रको सूचीमा सुचिकृत भएको हो।
 
एक वर्षमा ६ खेल 

Prabhu Bank
Agni Group
NIC Asia

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतापछि नेपालले समग्रमा ६ खेल खेलेको छ। नेदरल्याण्ड र युनाइटेड अरब इमिरेट्स ‘युएई’ भ्रमण गरेको छ। नेदरल्याण्ड भ्रमण गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको नेपाल पहिलो एकदिवसीय खेलमा भने घरेलु टोलीसँग पराजित भएको थियो। पुरानै समस्या ब्याटिङमा देखिएपछि डेब्यु एकदिवसीय खेलमा ५५ रनले पराजित नेपाल नेदरल्यान्डविरुद्ध अन्तिम तथा दोस्रो एकदिवसीय खेलमा १ रनको रोमान्चक जित निकाल्दै सिरिज १-१ को बराबरी गर्न सफल भयो।
 
लगत्तै २७ दिनपछि एसिया कप छनोटमा नेपालले ‘युएई’सँग प्रतिस्पर्धा गरेको थियो। उक्त तेस्रो एकदिवसीय खेलमा नेपाल ७८ रनले पराजित भयो। त्यसपछि नेपालले युएईविरुद्ध तीन एकदिवसीय सिरिज र ट्वान्टी-२० सिरिज खेल्यो। युएईको घरेलु मैदानमा पहिलो एकदिवसीय खेलमा ३ विकेटले पराजित नेपाल पुनरागमन जित निकाल्दै सिरिज कब्जा गर्न सफल भयो। 

जनवरी २६ मा भएको दोस्रो एकदिवसीय खेलमा १ सय ४५ रनको जित निकालेको नेपाल अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा ४ विकेटको जित निकाल्दै सिरिज कब्जा गर्न सफल भएको थियो। एकदिवसीय मान्यतापछि घरेलु क्रिकेटका गतिविधी पनि बढेका छन्। विभिन्न फ्रेन्चाइज लिग भइरहेका छन्। 

Global Ime bank

कप्तानको खुसी

सफल कप्तानको परिचय बनाएका पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको एक वर्षलाई सुखद भनेका छन्। उनले ट्वीटमा लेखेका, "गत वर्ष यही दिन हामीले एकदिवसीय मान्यता पाएका थियौं। फेरि मैदानमा जितका लागि पर्खिरहेका छौं।" कप्तान पारसले पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।

यस्तै युनाइटेड अरब इमिरेट्स युएईविरुद्धको ३ एकदिवसीय सिरिज कब्जा गर्न पारसले दोस्रो खेलमा शतक प्रहार गरेका थिए। उनकै शतक प्रेरितमा नेपालले पुनरागमन जित निकालेको थियो। 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC