site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 खेलाडीको व्यवहार अनुशासनहीन ! मैदानमै झडप
Sarbottam CementSarbottam Cement

काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार गत लिगको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ । 

उपाधि दाबेदार भएकाले यी दुई टोलीबीचको खेल बहुप्रतिक्षित थियो । त्यहि भएर दशरथ रंगशालामा फुटबल समर्थकको सङख्या केही बढी थियो । विशेषत: मनाङ छोडेर अधिकांश राष्ट्रिय खेलाडी मच्छिन्द्रमा अनुबन्ध भएदेखि नै लिगको यो खेलबारे सर्वत्र चासो थियो । अन्तत: पाँचौं चरणमा आमने-सामने भएका यी दुई टोलीले २-२ को बराबरी खेल्दै १-१ अंक बाँडे । 

खासै प्रतिस्पर्धा नदेखिएको खेलमा अधिकांश समय खेलाडीले फाउल गर्दै बिताए । मनाङले सुरुआती अग्रतालाई जोगाउन जथाभावी बल फाल्दा मच्छिन्द्रले पनि लय समाउन सकेन । पहिलो हाफमा १-० ले पछि परेको मच्छिन्द्रले दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै बराबरी गोल फर्कायो । त्यसपछि केही मुभ देखिए पनि खेलाडीको सम्झनलायक प्रदर्शन भने देखिएन । ८२ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनाउँदा ८८ औं मिनेटमा मनाङले बराबरी पार्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तत: खेल २-२ गोलको बराबरीमा सकियो । त्यसपछि दुबै क्लबका खेलाडीबीच मैदानमा हानहान सुरु भयो । रेफ्री श्रवण कुमार तामाङले खेल सकिएको ह्विसेल बजाए लगत्तै मैदानमा खेलाडी एकअर्काबीच हानहान गर्न थाले । 

Global Ime bank

मच्छिन्द्रका दिपक राई र मनाङका जगजित श्रेष्ठबाट सुरु भएको हानहानमा अरु खेलाडी पनि थपिए । अवस्था यतिसम्म पुग्यो कि झगडा छुटाउन सुरक्षाकर्मी नै मैदानमा प्रवेश गर्नुपर्‍यो । 

खेलाडीसँगै दुबैतर्फका अफिसियल (क्लबका पदाधिकारी) मैदानमा प्रवेश गरे । मनाङका अफिसियल मैदानमा उग्ररुपमा प्रस्तुत हुँदा मच्छिन्द्रका अफिसियसल झगडा छुटाउन लागि परे । 

केहीबेरको तनावपछि सुरक्षाकर्मीले सबैलाई मैदानबाट हटाए । एकअर्कासँग चिरपरिचित र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले मैदानमा देखाएको व्यवहारलाई मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले उनकै भाषामा अनुशासनहीनको संज्ञा दिए । उनले यस्ता खेलाडीमाथि कारबाही हुनुपर्ने बताए ।

“फुटबलमा खेलाडी एग्रेसिभ हुनुपर्छ तर हानहानसम्म गर्नुको अवस्था भने दु:खद हो । टेक्निकल एग्रेसिभ हुनुपर्छ,” प्रशिक्षक कटुवालले भने । 

उनले दुबै टोलीका खेलाडीमा टेक्निकल एग्रेसिभ नदेखिएको बताए । मनाङले सुरुआती अग्रता लिँदा आफनो टोलीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बताएका प्रशिक्षक कटुवालले १ अंकले उपाधि होडमा असर गरेको उल्लेख गरे । 

तपाईंको वेञ्‍चको खेलाडी झगडामा सामेल भएको देखिएको थियो ? टिम कन्ट्रोलमा छैन भन्‍ने प्रश्‍नमा उनले भने, “मनाङबाट हाम्रो क्लबमा ६-७ खेलाडी आएका छन् । उनीहरुमा पूर्वक्लबविरुद्ध केही होला । केही भएर छोडेको होला । तर नियत झगडा गर्ने होइन । खेलाडी कन्ट्रोलमा नै छन् । तर झगडा ह्विसेलपछि नै भएको हो । त्यसमा रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो खेलाडी झगडा पर्दा छुटाउन गएको हो ।” 

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले झगडाबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । आफूले खेलाडीलाई समातेको कारण खेलपछि मैदानमा के भयो भनेर थाहा नभएको बताएका उनले झगडा गर्नु राम्रो कार्य नभएको र उनीहरुमाथि कारबाही हुने बताए ।

मच्छिन्द्रका रन्जित धिमाल र कप्तान विराज महर्जन दायाँ र बायाँ हुँदा आफ्ना खेलाडीलाई गोल गर्न समस्या भएको प्रशिक्षक प्रजापतिको भनाई छ । “मच्छिन्द्रको दायाँ र बायाँ रन्जित र विराज छन् । त्यही भएर हामीलाई पछि गोल गर्न समस्या भएको हो । गोल त्यहीबाट निस्कने हो । त्यैपनि खेलाडीले राम्रो खेले,” उनले भने । 

खेल सुरु भएको दोस्रो मिनेटमा नै मनाङले अग्रता लिएको थियो । अन्जन विष्टको क्रसमा विदेशी खेलाडी फेमी जोसवाले गोलपछि मनाङले अग्रता लिएको हो । ४७ औं मिनेटमा सुजल श्रेष्ठले गोलमा मच्छिन्द्रले खेल बराबरी पारेका थिए । 

८२ औं मिनेटमा मनाङका गोलकिपर दिप लामा अघि बढेको मौकामा विदेशी खेलाडी एडिलेजा सोमिडेले गरेको प्रहार गोलमा परिणत भएपछि मच्छिन्द्रले २–१ को अग्रता बनाएको थियो । 

लगत्तै मछिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बिमल रानाले गरेको प्रहार गोलमा परिणत भएपछि खेल २-२ को बराबरीमा पुग्यो । इन्जुरी समयमा आक्रमक बनेपनि दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो । 

लिग संयोजक सञ्‍जीव मिश्रले झगडाको भिडियो हेरेर दोषी खेलाडीमाथि कारबाही गर्ने बताए । 


  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC