site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ईपीएलमा युवराज सिंह र क्रिस गेललाई ल्याउने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभरेस्टप्रिमियर लिग (ईपीएल) को चौथौं संस्करणमा चर्चित खेलाडी युवराज सिहं र क्रिस गेललाई ल्याउने तयारी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ गतेबाट सुरु हुने लिगका लागि उनीहरूलाई ल्याउन खोजिएको हो । 

विश्व क्रिकेटमा नाम चलेका ठूला खेलाडीलाई लिगमा भित्र्याउन आयोजकले सहभागी हुने फेन्चाइज टोलीसँग छलफल अगाडि बढाएको छ ।

आयोजक ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले भने, ‘‘युवराज सिंह र क्रिस गेल लगायतका खेलाडीसँग फेन्चाइज टोलीले गरेको छलफल सकारात्मक छ । आर्थिक कुराहरू मिलेमा उनीहरू आउने सम्भावना छ । हामीले प्रत्येक टोलीमा एकजना विश्वस्तरीय खेलाडी राख्नुपर्छ भनेका छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

युवराज सिंह टि–ट्वान्टी अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने एकमात्र खेलाडी हुन् भने क्रिस गेल टि–ट्वान्टी क्रिकेटमा विस्फोटक व्याटसम्यानका रूपमा चिनिन्छन् ।

युवराजले भारतबाट ५८ टि–ट्वान्टी अन्तर्राष्ट्रिय, ३०४ एकदिवसीय र ४० टेस्टम्याच खेली सकेका छन् । क्रिस गेलले वेस्ट इन्डिजबाट ५८ टि–ट्वान्टी अन्तर्राष्ट्रिय, ३०१ एकदिवसीय र १०३ टेस्टम्याच खेलिसकेका छन् । उनी युनिर्भसल बोसका नामले परिचित छन् । 

Global Ime bank

अख्तरका अनुसार गेल र युवराजबाहेक दक्षिणअफ्रिका र इङल्यान्डका अन्य खेलाडीलाई पनि इपीएलमा सहभागी गराउनेबारे सकारात्मक कुरा भएको छ ।

ईपीएलमा ६ टोली सहभागी हुँदै आएका छन् । जसमा काठमाडौं गोल्डेन्स, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवनटाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्यालियर्टस छन् ।

विश्वस्तरीय खेलाडीसँग एकै टोलीबाट खेल्दा नेपाली खेलाडीलाई पनि सिक्ने अवसर प्राप्त हुने अख्तरको विश्वास छ । भ्रमण वर्ष २०२० लाई सफल पार्न एभरेस्ट प्रिमियर लिगले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

“ठूला नाम चलेका खेलाडीले काठमाडौंको कुनै स्थानमा घुमेको फोटो सामाजिक सञ्जालमा राखे उनीहरूका लाखौं सकर्थकले हेर्नेछन् । जसले भ्रमण वर्षलाई सहयोग गर्नेछ, “अख्तरले भने । सधैं आइरहेका खेलाडीभन्दा ग्लोबल रूपमा नामी खेलाडी आउँदा सकर्थकसँगै खेलाडीमा पनि उत्साह बढ्ने आयोजकको दाबी छ । 

यसअघि दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला आउने पक्का भइसकेको छ । उनलाई सहभागी हुने एक टोलीले लिनेछन् । अख्तरले आयोजकको हैसियतले विदेशी खेलाडीसँग कुराकानी गरे पनि अधिकार भने फेन्चाइज टोलीको नै रहने बताए । 

“आयोजकले हैसियतले हामीले भूमिका निर्वाह गर्ने हो । तर, खेलाडी ल्याउने विषयमा फेन्चाइज टोली जिम्मेवार हुन्छ । ठूला खेलाडी ल्याउने विषयमा टोली पनि सकारात्मक छन्,” उनले भने । 

आयोजक अहिले सहभागी टोलीलाई खेलाडी रिटेन र रिलेजका लागि समय दिएको छ । राष्ट्रिय टोलीबाट खेलेका र खेलिरहेका पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, कुसल भुर्तेल, सुबास खकुरेल, दिपेन्द्रसिहं ऐरी, पवन सरार्फ, विनोद भण्डारी, वसन्त रेग्मी, करण केसी, प्रदीप ऐरी, शरद भेषवाकर, सुसन भारी, आरिफ शेख, अभिनास बोहरा, सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशीलाई पहिलो श्रेणीमा राखेको छ । 

खेलाडीलाई विभिन्न टोलीले आफ्नोमा राख्ने वा हटाउने लगायतका निर्णयका लागि आयोजकले बिहीबारसम्मको समय दिएको छ । प्रबन्ध निर्देशक अख्तरले भने, “कस्तो टोली बनाउने, कसलाई रिटेन र रिलिजगर्ने अधिकार टोलीलाई हुन्छ । हामीले त्यसका लागि २४ गतेसम्मको समय दिएका छौं ।”

आयोजकले यस वर्षबाट अन्य घरेलु लिग खेलेका विदेशी खेलाडीलाई सहभागी नगराउने निर्णय गरेको छ । आयोजकको यस निर्णयबारे आलोचना भइरहे पनि प्रबन्धनिर्देशक अख्तरले भने समर्थक र खेलाडीबीचको सम्बन्धलाई दीर्घकालीन बनाउने योजनासहित यस्तो निर्णय गरेको बताए । 

“राम्रो कुराको आलोचना हुन्छ पक्कै पनि तर हामीले खेलाडी र सकर्थकबीचको सम्बन्ध दीर्घकालीन बनाउन खोजेका हौं । कहिले कुन टिम कहिले कुन टिम हुँदा सकर्थक कन्फ्युज हुन्छन् । त्यो मात्र नभएर खेलाडीको प्रदर्शनमा पनि असर हुन्छ । त्यही भएर यस्तो गरेका हौं,” उनले भने । 

ईपीएलको बढ्दो क्रेज

नेपाली क्रिकेटको विकास र उन्नतिका लागि २०७३ सालबाट सुरु गरीएको एभरेस्ट प्रिमियर लिग क्रिकेट लिगले छोटो समयमै उचाइ लिएको छ । 

फेन्चाइज लिगमा अहिलेसम्मकै सर्वाधिक दर्शक र विदेशी खेलाडीलाई भित्र्याउन सफल यस लिग ईपीएल प्राइभेट लिमिटेडले आयोजना गर्दै आएको छ । 

हरेक वर्षको अन्तिम समयमा आयोजना हुने यस लिग टि–ट्वान्टी फम्यार्टमा हुन्छ । २०७३ सालम सीजी गुप्रको मुख्य प्रायोजनमा सुरु यस लिगमा अहिले विभिन्न ६ व्यावसायिक घराना जोडिएका छन् । 

विदेशी लिगको स्टाइलमा सञ्चालन हुँदै आएको यस लिगमा चियर लेडीसँगै मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुँदै आएका छन् । विशेषतः काठमाडौंमा सञ्चालन हुने भएका कारण ईपीएलप्रति समर्थकको क्रेज बढ्दो छ । अन्य फेन्चाइज लिग काठमाडौं बाहिर सञ्चालन हुँदै आएका छन् । 

ईपीएल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदै आएको छ । तेस्रो संस्करणसम्म आइपुग्दा पन्चकन्या तेज, ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सले एक–एक पटक उपाधि जितेका छन् । गतवर्ष ईपीएलमा दक्षिण अफ्रिकाका रिर्चड लेभीसहित इङल्यान्डका जोन सिम्ससोन, आयरल्यान्डका पाउल रोबेर्टो स्ट्रलिङ, नेदरल्यान्डका रायन टेन्डोस काटे आएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC