site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘मेरो सय गोलले युवा खेलाडीलाई प्रेरणा मिलोस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन्तोष साहुखलले घरेलु लिगमा सय गोलको कीर्तिमान बनाएका छन् । बुधबार सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब नेपाल पुलिसविरुद्ध २ गोल गर्दै सन्तोषले एक सय एक गोल गर्दै कीर्तिमान बनाएका हुन् । 

नेपाली फुटबलमा उनी एक सय एक गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । गोलमा शतक पूरा गरेका सन्तोषले २०६० सालबाट लिग करिअर सुरु गरेका थिए । एक सय एक गोलको कीर्तिमानसँगै सन्तोषले खुसि लागेको बताएका छन् । आफनो कीर्तिमान युवा पुस्ताका लागि प्रेरणा बन्‍ने विश्वास लिएका उनले भने, “५० गोल गर्दाजस्तो खुसीको फिलिङ्स नआए पनि मेरो कीर्तिमान आगामी दिनमा आउने युवा पुस्ताका लागि प्रेरणा बन्‍नेछ ।”

५० गोल गर्ने लक्ष्यबाट सुरु भएको लिग करिअरमा उनले अधिकांश समय थ्रि स्टार क्लबमा बिताए । २०६० सालमा थ्रि स्टारबाट नै डेब्यु गरेकै समय ६ गोल गरेका उनले सर्वाधिक १९ गोल पनि थ्रिस्टारबाट नै गरेका छन् । थ्रीस्टारबाहेक उनले एपीएफ, मनाङ मर्स्याङ्दीबाट पनि खेले । अहिले च्यासलबाट खेलिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “सुरेन्द्र दाइले ५० गोल गर्दा मैले पनि ५० गर्छु भनेर सोचेको थिए । ५० गोल गर्दा निकै खुसी भए । अहिले एक सय एक गोल पुगेको छ । खुसीभन्दा पनि क्लबलाई कसरी जिताउने भन्‍नेमा बढी केन्द्रित छु ।” 

९९ गोल गर्ने सन्तोषको राष्ट्रिय टिमबाट खेल्ने रहर

उनी पछिल्लो दुई वर्षयता च्यासल युथ क्लबमा आबद्ध छन् । च्यासलबाट आबद्ध भएको अघिल्लो सिजनमा तीन गोल गरेका उनले यो सिजनमा गोलसंख्या ५ पुर्‍याएका छन् । सन्तोषले आफनो सय गोल पूरा भएको सेलिब्रेसनभन्दा पनि टोलीको जितका लागि नै बढी केन्द्रित रहेको प्रतिक्रिया दिए । लजालु स्वभावका सन्तोषले राष्ट्रिय टोलीबाट खेल्ने इच्छासमेत व्यक्त गरे । 

Global Ime bank

“जापानमा तालिका मिलेसँगै टोलीका लागि बोलाए अवश्य राष्ट्रका लागि खेल्न आउनेछु,” उनले भने । उनी पछिल्लो समय जापान बस्दै आएका छन् । तर लिगकालागि भने समय मिलाउँदै स्वदेश आउने गर्छन् । सन्तोषका दाइ बालगोपाल साहुखल च्यासलका प्रशिक्षक छन् । 

उनले भाइको कीर्तिमानलाई नेपाल फुटबलका लागि ठूलो उपलब्धी भएको बताए । “मलाई लाग्छ यो कीर्तिमान नेपाली फुटबलका लागि माइलस्टोन हो । नेपाली फुटबलमा लामो समयसम्म रहिरहनेछ । अहिले त्यस्तो स्टाइकर नै छैन् नेपालमा । जसले सन्तोषको कीर्तिमान तोडोस् ,” बालगोपालले भने । 

सन्तोषले एक भाईका रुपमा सधैं गर्व महसुस गराउँदै आएको बताएका दाई तथा च्यासलका प्रशिक्षक बालगोपालले हरेक खेलाडीमा यस्तो जोश हुन आवश्यक रहेको बताए । 

पुलिसका प्रशिक्षक अनन्त थापाले नेपाली खेलाडीले सय गोलको कीर्तिमान बनाउनु ठूलो सफलता रहेको बताए । “नेपाली फुटबलमा सय गोलको कीर्तिमान बनाउनु सामान्य कुरा होइन । यसले ठूलो अर्थ राख्छ । म सन्तोषलाई बधाइ दिन चाहान्छु । हाम्रो खेलमा उसको कीर्तिमान बन्‍न लेखेको रहेछ,”  पुलिसका प्रशिक्षक थापाले भने । 

कीर्तिमान खेलाडी सन्तोषलाई रंगशालामा भव्य सम्मान गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले सन्तोषलाई पुष्पगुच्छासहित सम्मान गरेका थिए । थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोशीसहित एन्फा पदाधिकारीले सन्तोषलाई सम्मानसँगै बधाई दिएका थिए । 

२०६० सालमा थ्रिस्टाबाट ६ गोल गर्दै लिग करीअर सुरु गरेका सन्तोषले २०६१ सालमा एपीएफबाट ६ गोल, २०६२ सालमा थ्रिस्टारबाट ९ गोल, २०६३ सालमा थ्रिस्टारबाट ११ गोल, २०६६ सालमा थ्रिस्टारबाट १९ गोल, २०६८ सालमा मनाङबाट १६ गोल, २०६९ सालमा थ्रिस्टारबाट १७ गोल, २०७० सालमा थ्रिस्टारबाट ९ गोल, २०७५ सालमा च्यासलबाट ३ गोल गरेका थिए ।  

 

तस्बिर : हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC