site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनचेतनाको अभावले जोखिममा मृगौला  
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समयमा विश्वमा मृगौला रोगका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन्। अन्य रोगको तुलनामा मृगौला रोग छैठौं स्थानमा देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले मृगौला रोग कतिपय अवस्थामा बिना लक्षण देखिने बताए। “मृगौला रोगका बारेमा जनचेतना नहुदाँ, यस रोगका बिरामी वर्षेनी बढिरहेका छन्”, उनले भने,  “मिर्गौला रोगबाट बच्ने, ३० बर्षभन्दा माथिका उमेरसमूहका प्रत्येक व्यक्तिले यसको परीक्षण गराएमा ९० प्रतिशत मृगौला जोगाउन सकिन्छ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी वरिष्ठ मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले स्वाँ-स्वाँ हुने, थकान बढी महसुस हुने, निद्रा नलाग्ने, जिउँ सुनिदै जाने आदि लक्षण देखिएमा तुरुन्तै चेकजाँच गरेमा मृगौला फेल हुनबाट जोगाउन सकिने बताए।
 
विश्वमा मृगौला रोग छैठौं स्थानमा छ, यसरी नै बढ्दै गएमा अबको केही वर्षमा पहिलो नम्बरमा देखिन सक्ने अवस्था छ। उनले भने, “सन्तुलित खाना, सरल जीवनशैली र दैनिक व्यायाम गर्ने, धुम्रपान तथा मद्यपान नगरे मृगौला जोगाउन सकिन्छ।” सरकारले मृगौला रोगबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न जनचेतनामुलक कार्यक्रम देशभरि गर्नुपर्ने उनको भनाई छ।
 
कतिपय बिरामीहरुमा रोगसम्बन्धी चेतना अभाव र स्वास्थ्योपचारमा महँगो हुँदा पहुँचमा पुग्न नसकेका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा दिव्या सिंह बताउँछिन्। उनले भनिन्, “चिकित्सकको सल्लाह बिना दुखाई कम गर्ने औषधी आफूखुसी सेवन गर्दा मृगौला फेल हुने जोखिम बढ्छ।” मधुमेह उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्ने उनले बताइन्।

त्यस्तै नेपालमा मिर्गौलाबारेको कम चेतना र आर्थिक विपन्नताका कारणले मिर्गौला रोगीको संख्या दिनप्रतिदिन बढिरहेको चिकित्सकहरु बताउँछन्। नेपालमा करिब ४ हजार ५ सयभन्दा बढीले डाइलासिस सेवा लिएका छन् भने १३ सयभन्दा बढीले मृगौला प्रत्यारोपण गरिसकेको विभिन्न अस्पतालको तथ्यांकमा देखिन्छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला रोगको उपचारमा ३ हजार नयाँ बिरामी बढ्दै चिकित्सकहरु बताउँछन्।

Global Ime bank

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वको जनसंख्याको १० प्रतिशत मानिसमा मृगौला रोग देखिएको छ। जसमा पुरुषको तुलनामा महिला मृगौला रोगको जोखिममा बढि हुने देखाएको हो।

नेपालमा सन् २००८ देखि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको थियो। हालसम्म करिब १ हजार ३ सयको हाराहरीमा प्रत्यारोपण गरिएको अस्पतालहरूको तथ्यांकमा उल्लेख छ।

नेपालमा सरकारीस्तरमा वीर, त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रले निःशुल्क मिर्गौला प्रत्यारोपण गराइरहेका छन्। तर सो अस्पतालमा बिरामीहरुले मृगौलाको डाइलासिसका लागि लामो समयसम्म पालो पर्खनुपर्ने बाध्यता छ। हालसम्म ७ वटा निजि अस्पतालले प्रत्यारोपण अनुमति पाएका छन्।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC