site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हुवावेका संस्थापकको चेतावनी– अमेरिकाले हामीलाई कहिल्यै दबाउन सक्दैन
Sarbottam CementSarbottam Cement

बीबीसी । चिनियाँ प्राविधिक कम्पनी हुवावेका संस्थापकले बीबीसीसँगको अन्र्तवार्तामा अमेरिकाले आफूहरुलाई कुनैपनि हालतमा दबाएर राख्न नसक्ने बताएका छन् । आफ्नी छोरी मेङ वान्जाउ पक्राउ परेको सम्बन्धी कुरा गर्दै संस्थापक रेन जेङफेइले सो कदम राजनीतिक रणनीति भएको आरोप लगाएका हुन् । 

अमेरिकाको दबाबका अगाडि आफूहरु कहिल्यै नझुक्ने हुनाले उनीहरुले हुवोवलाई कुनै पनि अवस्थामा दबाउन नसक्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘विश्वले हामीलाई चाहेर पनि किनारा लगाउन सक्दैन किनकी प्रविधिमा हामी धेरै विकसित छौँ र अहिलेको दुनियाँलाई हुवावेको एकदमै आवश्यकता छ । उनीहरुले अझै धेरै राष्ट्रहरुलाई हाम्रा उपकरण प्रयोग नगर्न सहमत गराएपनि हामी यसको सामना गर्न सक्षम छौँ । ’ तरपनि यसले कम्पनीलाई पुर्याउने सम्भावित क्षतिबारे भने उनले स्वीकार गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रेन भन्छन्, ‘पश्चिममा बत्ती गए पूर्व चम्किरहनेछ र उत्तर अँध्यारो भयो भने पनि दक्षिण छँदैछ । यस्तोमा अमेरिकाले पूरै दुनियाँको प्रतिनिधित्व गर्न सक्दैन । किनकी अमेरिका यो विश्वको एउटा सानो हिस्सामा मात्र पर्छ र त्यही थोरै अंशको प्रतिनिधित्व गर्न सक्छ । ’

त्यस्तै सोमबार मात्र बेलायतको राष्ट्रिय सुरक्षा आयोगले हुवावेबारे सकारात्मक टिप्पणी गरेको थियो । यसमा पनि रेनले बेलायतसँगकोृ सम्बन्धबारे यस्तो भनेका हुन्, ‘हामीलाई बेलायतमाथि धेरै भरोसा छ र उनीहरुले पनि हामीमाथि अझ बढी विश्वास राख्ने हामीले अपेक्षा गरेका छौँ । त्यसैले अमेरिका पछि हटेको खण्डमा अब हामी बेलायतमा धेरै लगानी गर्ने तयारी गरिरहेका छौँ ।’ अमेरिकाले हुवावेका उत्पादनहरुमा प्रतिबन्ध लगाउने कार्य जारी राखे हुवावेलाई ठूलो स्केलमा अमेरिकाबाट बेलायतर्फ सिफ्ट गर्ने रेनले बताएका हुन् । 

Global Ime bank

७४ वर्षीय संस्थापक रेनले हुवावेलाई ३२ वर्ष अगाडि स्थापित गरेका थिए । यस्तोमा उनको सैन्य विगतलाई बारम्बार कम्पनीसँग जोड्ने गरिएको पाइन्छ । यसअघि अमेरिकाले पनि चिनियाँ सरकारले हुवावे मार्फत अन्य देशहरुको जासुसी गर्न सक्ने बताएको थियो । यस विषयमा स्पष्टिकरण दिँदै रेनले कम्पनीलाई लिएर आफूले कहिल्यै  त्यस्तो जोखिम उठाउन नसक्ने बताएका हुन् । उनले भनेका छन्, ‘हामी हाम्रो कम्पनी विश्वभरका ग्राहकमाझ घृणित भएको कहिल्यै सहने छैनौँ त्यो पनि यस्तो विषयमा । त्यसैले पनि हामी जासुसी सम्बन्धी गतिविधिमा कहिल्यै संलग्न हुने छैनौँ । यदि त्यस्तो देखा परेमा म तुरुन्तै कम्पनी बन्द गरिदिने छु ।’ 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC