site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जितको खोजीमा भारतबिरुद्ध खेल्दै नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाचौं महिला साफ च्याम्पीयनसिपलाई केन्द्रित गरी हिरो वुमेन्स गोल्डकपमा सहभागि नेपाली राष्ट्रिय फुटबल टोली आज आयोजक भारतबिरुद्ध खेल्दैछ । पहिलो खेलमा म्यानमारसँग पराजय भोगेको नेपाल भारतबिरुद्धको खेलमा विशेष रणनीतिसहित मैदान उत्रिन लागेको हो । साफअघि एकअर्काको कमजोरी पत्ता लगाउने र टोलीको कमजोर पक्ष सुधार गर्ने दुबै टोलीको रणनीति छ । नेपाल घरेलु मैदानमा आयोजना हुने साफ च्याम्पीयनसिपमा पहिलो पटक उपाधी उचाल्ने लक्ष्यमा छ । 

यसअघिका तीन संस्करणमा भारतलाई उपाधी सुम्पिएको नेपाल यो पटक विशेष रणनीतिमा छ । प्रशिक्षक हरी खड्काले भारतबिरुद्धको आज खेल महत्वपूर्ण रहेको र टोलीले थप रणनीति तयार पार्ने बताए । उनले भने, “आज शतप्रतिशत जितको खोजीमा छौं । भारतको प्रदर्शनमा केन्द्रित गरी हामीले थप रणनीति बनाउनु छ । किनकी केही दिनमा हामीले भारतसँग खेल्नेछौं । ओलम्पिक छनोटपछि भारत आत्तिएको छ । हामीले त्यहिअनुसार आफूलाई प्रमाणित गर्नुपर्नेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय नेपाल र भारतबीच कात्तिकमा म्यानमारमा ओलम्पिक छनोटमा प्रतिस्पर्धा भएको थियो । जहाँ नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । भारतको उडिसास्थित कालिंगा रंगशालामा खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ ।  नेपालले भारतपछि अन्तिम खेल फागुन १ गते इरानसँग खेल्नेछ । 

साफ च्याम्पीयनसिप र ओलम्पिक छनोटलाई केन्द्रित गर्दै भारतले आयोजना गरेको चार राष्ट्र सम्मलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी छन् । साताबाटोस्थित एन्फा कम्लेक्सको कृतिम मैदानमा डेढ महिना र झापामा एक साताको घासे मैदानको प्रशिक्षणपछि टोली गत मंगलबार भारत गएको हो । पाचौं महिला साफ च्याम्पीयनसिप आगामी फागुन २८ गतेबाट बिराटनगरको सहिद रंगशालामा सुरु हुँदैछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC