साहित्य
कीर्तन प्रधान
वैशाख १२ गते
दुई हजार बहत्तर साल
आयो विपद्
तहसनहस गर्दै
तातो घाउका छापहरू छोडेर
अझै बाँकी छ ती यादहरू
सम्झँदै भयानक त्यो दिन
कतै बिर्सिएको त छैन ?
डरका पोकाहरू
बारपाकका छालहरू
काठमाडौंसम्म तरंगियो
होस हवास उडायो ध्वस्तै
सम्पदा क्षेत्र होस् वा घरका छाना
छिन्नभिन्न, छताछुल्ल पारिदियो
आफन्त, परिवारजन टुटे, बिते
को कहाँ बिछोडियो
बेहिसाब
हाम्रो धरोहर थरथर
जमिन हलचल
मानसपटलमा तरंग
मुटुको कम्पन
पराक्रम
ढोका समाती प्रियजनको हात समातेको
पाल जिन्दगी
सहयोगका हात
साथ
आँखामा नाचिरहेछन्
नआओस् फेरि त्यो दिन अनि त्रास
वैशाख १२ को अलार्म ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १०:३८
प्रतिक्रिया दिनुहोस्