काठमाडौं । ‘सहिद स्मारक बि डिभिजन लिग’मा आज श्री कुमारी क्लब र सातोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैैछ । खेल साताबाटोस्थित एन्फा कम्लेक्समा खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ । पहिलो खेलमा आमनेसामने हुन लागेका दुबै टोली जितको खोजीमा छन् ।
दिउँसो साढे ३ बजे दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसन र खुमलटार युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसअघि आइतबार भएको खेलमा रानिपोखरी कर्नर टिमले नयाँ बस्ती युथ क्लबमाथि ३–१ को जित निकाल्दा आर्के खेलमा पुल्चोक स्पोर्टस् क्लबले बासबारीलाई ३–१ ले नै पराजित गरेको थियो ।
लिगको आधारभूत सिद्धान्त रेलिगेशन र बढुवा हुने प्रावधानलाई हटाएर सञ्चालन हुने लिगको विजेताले आठ लाख पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउँदा तेस्रो हुने टोलीले तीन लाख तथा चौथो हुने टोलीले दुई लाख पाउनेछ । लिगमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।