लागुऔषध सहित ६ जना पक्राउ

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थान र भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले ४ जना र वृत जगातीको टोलीले दुईजनालाई पक्राउ गरेको हो । 
ललितपुर महालक्ष्मीस्थानमा शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखत बहादुर खड्का, ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने बिजय कुमार ठाकुर र लगनखेल बस्ने गोरखाका सुदीप बराम ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेट,ओनरफे ५ बोतलसहित पक्राउ परेका हुन । 
यस्तै भक्तपुर सल्लाघारीमा बा८४प १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्ने पासाङ तामाङ साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र  सिरिन्ज  १ थान सहित पक्राउ परेका छन् ।  
 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

नागढुङ्गा र बलम्बुबाट लागुऔषध सहित पाँचजना पक्राउ 

काठमाडौं  । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग बलम्बुले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा

लागुऔषध सहित अन्सारी नियन्त्रणमा

काठमाडाैं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान ८ः ३० बजे

लागुऔषध सहित एकजना पक्राउ

काठमाण्डौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सल्लेरी घर भएका

पेप्सिकोलाबाट लागुऔषध सहित तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको पेप्सिकोलाबाट लागुऔषध सहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ