site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेष्ट इन्डिजबिरुद्ध भारतको जित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, नर्थ साउन्ड । वेष्ट इन्डिजसँगको भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले घरेलु टोलीबिरुद्धको पहिलो टेस्ट क्रिकेटमा एक इनिङस र ९२ रनले जित हात पारेको छ । भारतसंग नर्थ साउन्डमा भएको पहिलो टेस्टमा घरेलु टोली वेस्ट इन्डिज खेलको चौथो दिन नै एक पारी र ९२ रनले पराजित भएको हो ।
पहिलो इनिङसमा ३ सय २३ रनले पछि पार्दै फलोअनमा परेको वेष्ट इन्डिज दोस्रो पारीमा पनि २ सय ३१ रनमा समेटियो । पहिलो इनिङसमा फराकिलो अग्रता बनाएपछि भारतले वेष्ट इन्डिजलाई पुन ब्याटिङ्ग गराएको थियो । 
सर रिचार्ड्स क्रिकेट स्टेडियममा भएको खेलको दोस्रो इनिङसमा वेष्ट इन्डिजका दुई ब्याट्सम्यानले अर्धशतक बनाए । उसका कार्लोस ब्रेथवेटले ५१ तथा मार्लोन सामुअल्सले ५० रन जोडे । त्यस्तै देवेन्द्र विशुले ४५ रन बनाए । वेष्ट इन्डिजलाई सस्तैमा रोक्ने क्रममा भारतका बलर रविचन्द्रन आश्विनले उत्कृष्ट प्रदर्शन गरे  । आश्विनले मात्रै ८३ रन खर्चेर सात विकेट लिए ।  
यसअघि वेष्ट इन्डिजले पहिलो इनिङसमा २ सय ४३ रन बनाएको थियो । यता कप्तान विराट कोहली प्रेणित भारतले आफ्नो पहिलो इनिङसमा ५ सय ६६ रन बनाएर इनिङस समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङसमा फराकिलो योगफल तयार गर्ने क्रममा कप्तान कोहलीले आफ्नो टेस्ट क्रिकेटकै पहिलो दोहोरो शतक बनाएका थिए । 
यो खेल जितेसंगै चार टेस्टको श्रृँखलामा भारतले १–० को अग्रता लिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC