site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चितवनद्वारा भैरहवालाई १४० रनको लक्ष्य प्रस्तुत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित चितवन टाइगर्सले बुधबार एभरेष्ट प्रिमियर लिगको इलिमिनेटरमा भैरहवा ग्लाडियटर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । 
दीपेन्द्रसिंहले ४५ बलमा १ छक्का र ६ चौकासहित ५६ रन बनाए । यससँगै दीपेन्द्रसिंह ईपिएलमा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । दीपेन्द्रसिंहले २ सय ३१ रन बनाएका हुन् । शीर्ष स्थानमा २ सय ७३ रन बनाएका भैरहवाका रवि इन्दर सिंह छन् । चितवनका ओपनरले राम्रो सुरुआत दिन नसके पनि दीपेन्द्रले टोलीको इनिङ उकासेका थिए । चितवनको अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो सुरुआत गर्न सकेनन् । ओपनर पाउल स्टर्लिङ १४ रन बनाएर आउट हुँदा सन्दीप सुनार ४ र पृथु बास्कोटा शून्यमा आउट भए । ४.३ ओभरमा पृथु आउट हुँदा चितवन ३–२४ को स्थितिमा थियो । जोन सिम्पसन र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ३१ रनको साझेदारी गर्दै चितवनको इनिङको उकास्ने प्रयास गरेका थिए । सिम्पसन २ चौकासहित १४ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले भिम सार्कीसँग पाँचौं विकेटका लागि २० रनको साझेदारी गरे । दीपेन्द्रले जर्ज स्कटसँग छैटौं विकेटका लागि २० तथा कमलसिंह ऐरीसँग सातौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । दीपेन्द्रलाई मोहम्मद नाभीदले कृष्ण कार्कीमार्फत् क्याच गराएका थिए । कमलसिंहले १३ रन बनाए ।
भैरहवाका नाभीदले ३ विकेट लिँदा अभिनास बोहराले २ विकेट लिए । रायन टेन डोसचट, कृष्ण कार्की र भुवन कार्कीको नाममा १–१ विकेट रह्यो । विजयी टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स ११ विरुद्ध फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC