खेल
काठमाडौं । बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ ।
पुरुष युगलमा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसँग २१–२३, ११–२१ ले पराजित भए । महिला युगलमा नेपालका नङशल तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासँग ८–२१, १४–२१ ले हारे ।
त्यस्तै मिक्स डबल्समा नेपालका दीपेश र अमिताको जोडी मलेसियाका हु पाङ रोन र छे यि सीसँग ८–२१, ९–२१ ले पराजित भएपछी नेपालको चुनैती समाप्त भएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५ १८:१६
प्रतिक्रिया दिनुहोस्