site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धनगढी प्रिमियर लिग माघ तेस्रो साता, रुस्लान क्रिकेटको साथ निरन्तर
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनगढी प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ तेस्रो साताबाट हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक विजय डिष्टिलरीको रुस्लान क्रिकेटले यसवर्ष निरन्तरता पाएको छ ।  गतवर्षबाट प्रतियोगिताको मुख्य प्रायोजन गरेको रुस्लान क्रिकेट र आयोजक धनगढी क्रिकेट एकेडेमीबीच शुक्रबार १ करोड १० लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौता भएको हो । 

सम्झौतापत्रमा विजय डिष्टिलरीका तर्फबाट चिफ फाइनान्सियल अफिसर सतिस कर्ण र धनगढी क्रिकेट एकेडेमीका तर्फबाट सुवासबहादुर शाहीले हस्ताक्षर गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यससँगै प्रतियोगिताको तेस्रो संस्करण पनि रुस्लान धनगढी प्रिमियर लिगका नाममा संचालन हुनेछ । प्रायोजन रकममध्ये आयोजकले ८० प्रतिशत रकम नगद पाउने एकेडेमीका अध्यक्ष शाहीले बताए । रुस्लान क्रिकेटले खेलकुदमा गरेको यो सबैभन्दै ठुलो प्रायोजन रकम हो ।

“हामी गतवर्षबाट मुख्य प्रायोजकका रुपमा यस प्रतियोगितासँग जोडिएका थियौं,” विजय डिस्टिलरीका चिफ फाइनानस अफिसर कर्णले भने, “हामीले अन्य कार्यक्रममा पनि प्रायोजन गर्दै आएका छौं । तर खेलकुदमा हाम्रो यो सबैभन्दा ठुलो प्रयोजन हो ।” 

Global Ime bank

धनगढीस्थित संघिय इकाई प्रहरी कार्यालयको क्रिकेट मैदानमा हुँदै आएको प्रतियोगिता यसबर्षबाट प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाए । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी प्रत्येक टोलीले १५ खेलाडी राख्नुपर्नेछ । प्रत्येक टोलीको १५ खेलाडीमध्ये २ विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट आउने सुदुरपश्चिमका एक स्थानीय खेलाडी राख्नैपर्ने प्रावधानलाई यसवर्ष पनि निरन्तरता दिइएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए । अध्यक्ष शाहीले प्रतियोगितामा पुरुस्कार रकम वृद्धि नगर्ने संकेत गरेका छन् ।

“यो प्रतियोगिताले एक खालको उचाई लिइसकेको छ,” अध्यक्ष शाहीले थपे, “हामीले पुरस्कार रकम बढाउनुभन्दा खेलाडीको सुविधा तथा प्रतियोगिताको गुणस्तर बढाउनेतर्फ ध्यान दिनेछौं । क्रिकेटमा प्रभाव छोड्न सकिने हिसाबले काम गरिरहेका छौं । हामी क्रिकेटको माध्यमबाट सबैलाई एकसुत्रमा जोड्न चाहन्छौं । सहयोग गरिदिनु भएकोमा प्रायोजकलाई धन्यवाद दिन चाहन्छु ।”

ट्वान्टी–२० स्वरुपमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एक अर्काविरुद्ध १–१ खेल खेल्नेछ । लिग चरणको शीर्ष चार टोलीले प्लेअफ खेल्नेछन् । पहिलो र दोस्रो टोलीबीचको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुनेले तेस्रो र चौथो स्थानको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । गत वर्ष विजेताले २५लाख रुपैयाँ नगद पुरस्कार जितेका थिए ।

  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC