site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी । ओलम्पिक खेलको आयोजनाले पर्यटनलगायत क्षेत्रमा योगदान गरेर आर्थिक विकास गर्न सहयोग गर्ने भएकाले विश्वका धेरै मुलुकहरू आयोजकमा छानिन तँछाडमछाड नै गर्छन् । तर, आधा ब्राजिलियन भने आफ्नो आँगनैमा सुरु हुन गइरहेको ओलम्पिकको विपक्षमा देखिएका छन् । 
करिब ५० प्रतिशत ब्राजिलियन ओलम्पिकको विपक्षमा रहेको ब्राजिलियन सर्भे संस्था डाटाफोल्हाले जनाएको छ । यसलाई देशको मन्दीबाट प्रभावित भएका मानिसको प्रतिक्रियाको रूपमा पनि लिइएको छ । मन्दीले आगामी अगस्ट ५ मा सुरु हुन गइरहेको गृष्मकालीन ओलम्पिकलाई ओझेलमा पार्ने देखिएको छ । रियो ओलम्पिक सुरु हुन दुई सातामात्रै बाँकी हुँदा १७ लाख टिकट बिक्री हुन बाँकी नै छ । ब्राजिलियन पर्यटन अधिकारीले भने स्थानीयले टिकट खरिदका लागि अन्तिम समय कुरेर बसेकाले टिकट बिक्री हुने अपेक्षा गरेका छन् ।
मन्दी र राजनीतिक संकटले खेलको तयारीका लागि रियोको क्षमतामाथि नै शंका उत्पन्न गराएको छ । ओलम्पिक सुरक्षाका लागि सेना र प्रहरी गरी ८० हजारको व्यवस्था गरिएको छ । यो संख्या लन्डन ओलम्पिकको तुलनामा बढी हो । रियो राज्यले खेलका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि हालैमात्र संघीय सहयोग पाएको छ । यस्तो अव्यवस्थाका बीच झन्डै आधा ब्राजिलियन गृष्मकालीन ओलम्पिकप्रति सकारात्मक छैनन् ।
अहिले ब्राजिल १९३० को दशकयताकै लामो मन्दीमा फसेको छ । मुद्रास्फीति उच्च छ भने उपभोक्ता मनोबल ओरालो लागेको छ । अर्थतन्त्रको इन्जिन मानिँदै आएको तेलजस्ता वस्तुको मूल्यमा आएको भारी गिरावटका कारण मन्दीमा थप बल पुगेको छ । ब्राजिल सरकारको स्वामित्वमा रहेको तेल कम्पनी पेट्रोवासमा भएको भ्रष्टाचारले पनि मन्दीलाई सहयोग पु¥याएको छ । पेट्रोवास भ्रष्टाचारका कारण तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।
ब्राजिलियन कंग्रेसले राष्ट्रपति डिल्मा रोसेफविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेपछि मे महिनामा राजनीतिक संकट उचाइमा पुगेको थियो । उनलाई ६ महिनाका लागि निलम्वन गरिएको छ । उनको ठाउँमा राष्ट्रपति मिचेल टेमर आएका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC