site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दुई पटक स्थगीत सातौं राष्ट्रिय खेलकुद मंसिर दोश्रो साता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । पुर्वान्चलमा तय गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरको दोस्रो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आइतबार बसेको १ सय ६ औ बोर्ड बैठकले यसअघि विभिन्न कारणले स्थगित हुदै आएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो ।
 
बोर्ड बैठकले प्रतियोगिता मंसिर ८ देखि १५ सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता दुई पटक सरिसकेको छ । सातौ राष्ट्रिय खेलकुद पहिलोपटक गत बर्षको मंसिर ११ बाट १८ मा गर्ने भनिएपनि समयमै बजेट निकासा नहुदा स्थगित हुदै आएको थियो । त्यसपछि फागुन १८ देखि २३ गते हुने तय गरिए पनि सातौ राष्ट्रिय खेलकुद हुन् सकेको थिएन ।
 
त्यस्तै बोर्ड बैठकले नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि सदस्य सचिवको संयोजकत्वमा कमिटि बनाउने निर्णय पनि गरेको छ । सागको तयारी र पूर्वाधार निमार्णको तयारी थाल्न सदस्य सचिवको संयोजकत्वमा डेस्क बनाउने निर्णय भएको छ ।
 
सातौ राष्ट्रिय खेलकुदमा ३५ वटा खेललाई समावेश गर्ने यसअघि नै निर्णय भैसकेको छ । त्यस्तै सातौ खेलकुदका लागि लोगो र मस्कट यसअघि नै सार्वजनिक भैसकेको छ ्र छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौंमा समावेश गरेकोछ। थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुदमा समेटिएको छ ।
 
सातौ राष्ट्रिय प्रतियोगिताको अधिकांश खेल सुनसरीमा र मोरङ्गमा हुने छ । सुनसरीमा १५, मोरङ्गमा १३, झपामा ५, सिराहामा १, सप्तरीमा १ र ईलाममा १ खेल आयोजना हुने राखेपले जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC