site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियो ओलम्पिकमा नेपालको ५ खेल, ७ खेलाडी प्रतिष्पर्धामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ मानिने ३१ औं ग्रीष्मकालीन ओलम्पिक आगामी अगस्टबाट ब्राजिलको राजधानी रियो दि जेनेरियोमा हुँदैछ । अगस्ट ५ मा सुरु भई २१ मा समापन हुने ओलम्पिक खेलकुदमा सहभागी हुने राष्ट्र तथा खेलाडीहरूको नामावली दर्ता जुलाई १७ मा  सकिँदैछ । 
 
ओलम्पिकमा नेपालले यसपटक पनि सहभागिता जनाउँदैछ । नेपालबाट ५ खेलमा ७ जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार नेपालले एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरी खेलमा सहभागिता जनाउँदैछ ।
 
“आईओसीको खेलाडी दर्ता प्रक्रिया आजबाट सकिँदैछ । नेपालबाट यसपटक आईओसीको कोटा पद्दतिमा पर्ने खेल र खेलाडीहरूले सभागिता जनाउँदैछन्,” बाह्रखरीसँग सचिव श्रेष्ठले भने, “नेपालबाट ७ खेलाडीले भाग लिँदैछन् । अब यो संग्ख्या बढ्ने सम्भावना कम छ ।”
 
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिक खेलकुदमा लगातार सहभागिता जनाउँदै आएको छ । तर, नेपालको सहभागिता ‘वाइल्ड कार्ड’  र ‘युनिभर्सालिटी प्लेसेस’ ९यूपीस० कोटामा सीमित हुँदै आएको छ । तेक्वान्दोका संगीना वैद्य ९एथेन्स २००४० र दीपक विष्ट ९बेइजिङ २००८० मात्र छनोट पार गरेर ओलम्पिक खेलेबाहेक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले छनोट पार गरेका छैनन् ।
 
“यसपटक छनोटमा परेका खेलाडीहरू असफल भएपछि आईओसीको कोटाबाट खेलाडीहरू ओलम्पिकमा सहभगिता जनाउँदैछन् । त्यसमध्ये तीन खेलले ‘वाइल्ड कार्ड’ र दुई खेलले ‘युनिभर्सालिटी प्लेसेस’ पाएका छन्,” श्रेष्ठले भने । श्रेष्ठका अनुसार नेपालले यसपटक तीन खेलका खेलाडीले वाइल्ड कार्ड पाएका छन् भने दुई खेलका ४ खेलाडीले यूपीएस प्राप्त गरेका छन् । 
 
नेपाली खेलाडीले यसपटक जुडो, तेक्वान्दो र आर्चरीमा वाइल्ड कार्ड प्राप्त गरेर सहभागिता जनाउन लागेका हुन् भने पौडी र एथलेटिक्समा यूपीएसबाट प्रतिनिधित्व गर्दैछन् । अघिल्लो संस्करणको सहभागितामा ८ भन्दा कम खेलाडी सहभागी राष्ट्रलाई आईओसीले वाइल्ड कार्ड उपलब्ध गराउने गर्छ । त्यस्तै, आईओसीमा आबद्ध २ सय ८ वटै देशको सहभागिता रहोस् भन्ने उदेश्येले ती देशका दुई खेलका चार खेलाडीलाई युनिभर्सालिटी प्लेसेस प्रदान गर्ने गर्छ ।
नेपालबाट तेक्वान्दोकी निशा रावल, जुडोका फुपुल्हामु खत्री र आर्चरीका जितबहादुर मोक्तानले वाइल्ड कार्ड प्राप्त गर्दै रियो ओलम्पिक खेल्दैछन् । तेक्वान्दोकी निशाले ६४ किलोभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी फुपूले ६३ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै, आर्चरीका जितबहादुरले रिकर्भ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
 
निशा र फुपू अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृति पाउने नेपाली हुन् । तर, दुवै छनोटमा असफल भएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । फिलिपिन्सको राजधानी मनिलामा निशाले रियो ओलम्पिक छनोट खेल खेले पनि सफल नभएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधि गर्न लागेकी हुन् । त्यस्तै, १२ औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण जितेकी फुपूल्हामुले उज्वेकिस्तानमा ओलम्पिक छनोटको रूपमा पनि रहेको एसियन च्याम्पियनसिप खेलेकी थिइन् । निशाले नेपालमै बसेर ओलम्पिकका लागि तयारी गरेकी थिइन् भने फुपूले हंगेरीमा ओलम्पिक तयारी गरेकी छिन् । 
 
यसपटक यूपीएस पाएर पौडीबाट शिरिष गुरुङ र गौरीका सिंहले नेपालको प्रतिनिधित्व गर्दा एथलेटिक्सबाट हरिकुमार रिमाल र सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्नेछन् ।
 
नेपाली टोली अगस्ट पहिलो हप्ता रियो दि जेनेरियोतर्फ प्रस्थान गर्नेछ । टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गर्नेछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC