site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बैतडीमा मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशङ्का
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

बैतडी । मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

यही मङ्सिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा आज दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन् । बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिङ्ग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाटोबाट करिब २५० मिटर तल भिरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनले भने, “बोहराको कसरी मृत्यु भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन । प्रहरी टोली घटनास्थल पुगेपछि र अनुसन्धानपछि थप कुरा थाहा हुन्छ, प्रहरी टोली भोलिमात्रै त्यहाँ पुग्छ होला ।”

यता बोहराका आफन्तले भने हत्याको आशङ्का गरेका छन् । उनीहरूले घटनाको विषयमा छानबिन गर्नुपर्ने बताएका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय