site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओलम्पिक डे महोत्सवका रुपमा मनाइयाे : श्रेष्ठ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक डेलाई खेलको महोत्सवको रुपमा मनाउने कामको थालनी भएको बताएका छन् । एनओसी अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसनले शनिवार आयोजना गरेको ओलम्पिक डे ब्रिफिंग कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो अभिव्यक्ती दिएका हुन् । ‘हामीले ओलम्पिक डेलाई एउटा स्वच्छ जीवन जिउन चाहाने र देशलाई खेलको माध्यबाट गौरब बढाउन चाहानेहरुको महोत्सवका रुपमा मनाउने आकाक्षा राखेका थियौं । जुन कामको थालनी भएको छ,’श्रेष्ठले भने,‘ओलम्पिक डेलाई संघ, क्लब तथा खेलकर्मीहरुको आफ्नो दिवसका रुपमा व्यापक रुपमा मनाउने स्थिती निमार्ण गर्नसक्छौं । त्यसतर्फ हामी अघि बढिरहेका छौं । स्वामित्व ग्रहण गर्ने स्थिति शुरु भएको छ जुन सकारात्मक पक्ष हो ।’
नेपालमा ओलम्पिक डे १७ देखि २३ जुनसम्म मनाइएको थियो । राष्ट्रिय खेलकुद संघहरु, क्लब तथा विद्यालयहरुमा गरि ओलम्पिक डेको अवसरमा ४१ वटा कार्यक्रम संचालन भएको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले बताए । विभिन्न खेलका ५९ इभेन्ट संचालन भएको थियो । जुन ओलम्पिक डेको अवसरमा नेपालमा भएको सर्बाधिक धेरै इभेन्ट हो ।
स्पोर्टस फर अल कमिसनका उपाध्यक्ष प्रो डा केवि थापा, महासचिव राजेश श्रेष्ठले ओलम्पिक डेको अवसरको विषयमा भएका गतिविधिको प्रकाश पारेका थिए । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एनओसीकी उपाध्यक्ष ज्योती राणालगायत विभिन्न संघका प्रतिनिधि, ओलम्पियन, विभागीय टिमका प्रतिनिधि, खेलाडीको उपस्थिति रहेको थियो । कार्यक्रममा ओलम्पिक डे मनाउनका लागि सहयोग गर्ने संघ, संस्था तथा व्यक्तित्वहरुलाई प्रसंसा प्रत्र प्रदान गरिएको थियो ।
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC