site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युट्युबमा नेपाली फिल्म: नाम एउटा, फिल्म अर्कै
काठमाडौं । पछिल्लो समय एउटा नाम राखेर अर्को चलचित्र युट्युबमा अपलोड गर्ने प्रचलन बढेर गएको छ । युट्युब एकाउन्टमा नक्कली च्यानल बनाएर सम्बन्धित ब्यानरको लोगो र पोस्टर प्रयोग गरेर चलचित्र अपलोड गर्ने गरेको पाइएको छ । 
लोकप्रिय ब्यानरका भर्खर रिलिज भएका चलचित्रको नाम राखेर युट्युबमा अपलोड भइसकेका पुराना चलचित्र अपलोड गर्ने प्रचलन बढ्दै गएको हो । युट्युबमा सर्चका आधारमा आम्दानी हुन थालेपछि यस्तो काम बढेको हो । 
अहिले नेपाली चलचित्र ‘गाजलु’, ‘ड्रिम्स’, ‘नाईं नभन्नु ल–४’ को पोस्टर प्रयोग गरेर अन्य चलचित्र अपलोड गरेको पाइन्छ । 
‘गाजलु’को नाममा सस्क्राइभर न्यु मुभी देखाउनेले ‘क्याबिन गर्ल’, प्रवास अनलाइनका नाममा ‘कागबेनी’, रविन आश्मीको नाममा ‘हवल्लार सुन्लती’, हाई इन्टरटेनमेन्टको नाममा ‘एक दिन’ र द आदर्शले पनि आफ्नो युट्युब एकाउन्टमा अरु नै चलचित्र अपलोड गरेका छन् । यस्ता थुप्रै युट्युब एकाउन्ट छन्, जसले ‘गाजलु’का नाममा विभिन्न चलचित्र आफ्नो एकाउन्टमा अपलोड गरेका छन् ।
‘नाईं नभन्नु ल–४’ को पोस्टर प्रयोग गरेर यसका अघिल्ला सिरिजहरू अपलोड गरिएको छ । “एउटा त पैसा कमाउने लोभकै कारण व्यक्तिगत रूपमै कुनै पनि व्यक्तिले यसो गरिरहको छ,” चलचित्र निर्देशक तथा निर्माता विकास आचार्य भन्छन्, “अर्को कुरा चलेको सिनेमालाई युट्युबमा फ्लप बनाउन पनि नेपाली सनेमा उद्योगभित्रकै व्यक्तिले सम्बन्धित सिनेमाले युट्युब रिलिज अगाडि नै नक्कली आईडी खडा गरेर अर्कै चलचित्र अपलोड गरिदिने गरेको अनुमान गरिएको छ ।”
आफ्नै चलचित्र ‘नाईं नभन्नु ल–४’ भन्दै अगाडिका सिरिजहरू अपलोड गरिएको पाइएको भन्दै आचार्यले भने, “यो अवस्थाको अन्त्य गर्नुपर्ने अवस्था देखिएको छ ।” 
निर्देशक ऋषि लामिछाने यो परिपाटीले अन्ततः बिनास निम्त्याउने बताउँछन् । “केही व्यक्तिलाई फाइदा पुग्ला तर त्यसले अन्ततः पार्ने घाटा नै हो,” उनले भने, “युट्युबमार्फत नेपाली चलचित्र हेर्ने दर्शकलाई यसले निरुत्साहित गर्छ ।”
यस्तो कामले लोकप्रिय सिनेमाहरू आफ्नो एकाउन्टमा राखेर वास्तविक सिनेमाको बजारमा अवरोध पुर्याउने भन्दै निर्देशक लामिछाने भन्छन्, “यस्तो परिपाटीले नेपाली सिनेमा हेर्ने विदेशका दर्शक पनि भड्किन्छन् ।”   
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro