site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा मंगलबार (आज) सोमबारको तुलनामा बढी गर्मी हुनेछ । हिजो (सोमबार) काठमाडौंमा अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहेको थियो । आइतबार २९.५ डिग्री सेल्सियस रहेको थियो । 

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

“यो हप्ता तापक्रम बढ्ने देखिन्छ,” उनले बाह्रखरीसँग भनिन्, “आज काठमाडौंको मौसम सफा हुनेछ । दिनभर घाम लाग्नेछ ।” 

यसैबीच, आज दिउँसो कोसी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

राति कोसी, वाग्मती, गण्डकी प्रदेशमा केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।   

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro